काठमाडौँ-हिरोसिमा दिवस मनाउन जापान गएको नेपाल कम्युनिस्ट पार्टीको टोलीलाई टोकियो बिमानस्थालबाट फिर्ता पठाइएको छ । नेपाल जापान मैत्री समाजले अगष्ट ६ मा आयोजना गरेको कार्यक्रममा भाग लिन गएको सो टोलीलाई चार दिन अगाडि त्यहाँको अध्यागमनले सोध पुछ गरी फिर्ता पठाएको हो ।
केन्दीय सदस्य खिमलाल भट्टराईको नेतृत्वमा रहेको सो टोलीमा किशोर विक्रम मल्ल र दुर्गा शर्मा थिए। स्रोतका अनुसार आयोजकको प्रतिष्ठा राम्रो नभएको र मानिसहरु ल्याएर जापानमा छोड्ने गरेको भन्दै फिर्ता गरेको स्रोतले बतायो।
टोलीका सदस्यहरुले शुक्रबार परराष्ट्र मन्त्री प्रदिप ज्ञावलीलाई भेटेर यस बिषयमा जानकारी गराउने भएको छन् ।
चार महिना अगाडि नेपाली कांग्रेका केन्द्रीय सदस्य प्रदिप पौडेललाई पनि जापानी अध्यागनले विमानस्थलबाट नै फिर्ता पठाएको थियो । जापानमा कार्यक्रम गर्ने भन्दै गएका मानिसहरु लुकेर बस्ने क्रम बढेपछि जापानी अध्यगमनले कडाई गरेको बताईएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४