शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बलात्कार आरोपित पाण्डेलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

बलात्कार आरोपित पाण्डेलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९
National life
Shivam cement

काठमाडौं– आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीका अनुसार काठमाडौं जिल्ला अदालतले सोमबार प्रहरीलाई सो अनुमति दिएको हो। पाण्डेलाई मानव बेचविखन तथा यौन दुर्व्यवहार कसुरमा मुद्दा चलाउने तयारी छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले पाण्डेलाई शनिबार स्वयम्भूबाट पक्राउ गरेको थियो। आठ वर्षअघि सौन्दर्य प्रतियोगिता गरी उनले होटलमा बोलाएर बलात्कार गरेको एक युवतीले आरोप लगाएकी छन्। हालै उनले विभिन्न भिडियो क्लिप सार्वजनिक गर्दै पाण्डेमाथि जबर्जस्ती करणी गरेको आरोप लगाएकी हुन्। आफूमाथि  ६ महिनासम्म पाण्डेले यौन शोषण गरेको उनको आरोप छ। 

यो विषय सामाजिक सञ्जालमा भाइरल भएको थियो। यसपछि नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा प्रवेश गराएका थिए। यसपछि सभामुख अग्नि सापकोटाले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएका थिए। 
प्रकाशित: May 23, 2022| 16:21 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।