शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तत्काल सौन्दर्य प्रतियोगिता सञ्चालन गर्न नदिन महिला समितिको निर्देशन

तत्काल सौन्दर्य प्रतियोगिता सञ्चालन गर्न नदिन महिला समितिको निर्देशन

सौन्दर्य प्रतियोगिता सञ्चालन गराएर सहभागी किशोरीमाथि आयोजकले नै ८ वर्षअघि बलात्कार गरेको आरोप लागेपछि समितिले यस्तो निर्देशन जारी गरेको हो। उक्त घटनामा पीडक भनिएका व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९

काठमाडौं- प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक समितिले तत्काल सौन्दर्य प्रतियोगिता (ब्युटी पेजेन्ट) सञ्चालन गर्न नदिन सरकारलाई निर्देशन दिएको छ। सोमबार सिंहदरबारमा बसेको समिति बैठकले नीतिगत स्पष्टता कायम गराएर मात्र यस्ता प्रतियोगिता सञ्चालन गर्ने अनुमति दिन गृह मन्त्रालयलाई निर्देशन दिएको हो। 

National life

'विभिन्न नाममा हुने सुन्दरता, मोडलिङसम्बद्ध प्रतियोगिताहरु र मनोरञ्जन क्षेत्रमा संलग्न विविध वर्ग र प्रवर्ग (उमेर, जात, योग्यतामा आधारित कुनैपनि प्रकारका सौन्दर्यता सम्बद्ध प्रतिस्पर्धात्मक कार्यक्रम सम्बन्धमा विस्तृत छलफल गरी शीघ्र नीतिगत स्पष्टता कायम गराएर मात्र संचालन गर्न दिन समितिको यो बैठक नेपाल सरकार गृह मन्त्रालयलाई निर्देश गर्दछ,’ समितिले गरेको निर्णयमा भनिएको छ। 

सौन्दर्य प्रतियोगिता सञ्चालन गराएर सहभागी किशोरीमाथि आयोजकले नै ८ वर्षअघि बलात्कार गरेको आरोप लागेपछि समितिले यस्तो निर्देशन जारी गरेको हो। उक्त घटनामा पीडक भनिएका व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको जानकारी दिएको छ। 

यौन हिंसा, बलात्कार तथा यौन दुर्व्यवहारको घटना भएको थाहा पाएर पनि सम्बन्धित निकायमा उजुरी नदिने, उजुरी दिन दुरुत्साहन गर्ने, पीडकलाई लुकाउने, संरक्षण दिने व्यक्ति पनि मतियार हुने समितिको ठहर छ।  मतियारलाई प्रचलित कानून बमोजिम कानूनी कारवाहीको दायरामा ल्याउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ। 

यस्तै समितिले कम्तीमा नाबालिगका हकमा पीडितले घटना सार्वजनिक गरेकै दिनदेखि हदम्याद लागू हुने गरी कानुनी व्यवस्था गर्नसमेत सरकारलाई निर्देशन दिएको छ। 

Shivam cement

प्रकाशित: May 23, 2022| 15:48 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।