बिहीबार, असार ३२, २०८३

कास्की प्रहरीबाट लागुऔषधसहित तीनजना पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–कास्की प्रहरीले लागुऔषध सहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेखनाथ महानगरपालीका १ भिमकालीपाटनका राजीब गुरुङ, सोहि स्थानका दुतमान गुरुङ तथा कपिलबस्तु बाडगंगा नगरपालिका ३ का शेषकान्त थारु छन ।

कास्की प्रहरीले विशेष सुचनाका आधारमा पृथ्वीचोकबाट बुधबार राति पक्राउ परेका हुन । उनिहरुको साथबाट ब्रुपिनर्फिन १८० थान फेनागर्न १८० थान डाइसापाम १८० थान नाईट्रोसन ३० चक्की ५ थान मुवाइल तथा १८ हजार पाँचसय नगद बरामद गरेका छ । 

प्रहरीका अनुसार दुतमान गुरुङ तथा राजिव गुरुङ लामो समयदेखि पोखरामा लागुऔषधको कारोबार गर्ने तथा शेषकान्त थारु भारतबाट नेपाल ल्याउने पेसेबर कारोवारी हुन उनिहरुको थप अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।