शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १२ वर्षीयामाथि बलात्कार गरेको आरोपमा ५९ वर्षीय पक्राउ

१२ वर्षीयामाथि बलात्कार गरेको आरोपमा ५९ वर्षीय पक्राउ

रुपन्देही प्रहरीले आइतबार साँझ ढकाललाई पक्राउ गरेको हो। ढकालले बालिकालाई ललाईफकाई तिनाउ खोलामा लगी जबरजस्ती करणी गरेको आरोप लागेको छ।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९

काठमाडौं- रुपन्देही प्रहरीले बालिका बलात्कारको आरोपमा ५९ वर्षीय पुरुषलाई पक्राउ गरेको छ। बुटवल उपमहानगरपालिका बस्ने १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा स्थानीय ५९ वर्षीय रुकनाथ ढकाल पक्राउ परेका हुन्। 

National life

रुपन्देही प्रहरीले आइतबार साँझ ढकाललाई पक्राउ गरेको हो। ढकालले बालिकालाई ललाईफकाई तिनाउ खोलामा लगी जबरजस्ती करणी गरेको आरोप लागेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

उता तनहुँ प्रहरीले पनि जबरजस्ती करणीको आरोपमा एक जनालाई पक्राउ गरेको छ। २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-१० मान्द्रेका ३२ वर्षीय जीवन विक भनिने जुठे विक आइतबार दिउँसो पक्राउ परेका हुन्। 

विकले महिलालाई शुक्लागण्डकी नगरपालिका-१० छाब्दी जंगलको झाडीमा जेठ १ गते साँझ जबरजस्ती करणी गरेको आरोप छ।घटनाका सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलचौताराले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: May 23, 2022| 13:01 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।