सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल प्रहरीका पाँच डिआईजीलाई एआईजी बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका पाँच डिआईजीलाई एआईजी बढुवाका लागि सिफारिस

सिफारिस हुनेहरूमा डिआइजी उत्तमराज सुवेदी, अरुण कुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह छन्।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९

काठमाडौं- नेपाल प्रहरीका पाँच जना डिआइजी एआईजी बढुवाका लागि सिफारिस भएका छन्।

सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो।  सिफारिस हुनेहरूमा डिआइजी उत्तमराज सुवेदी, अरुण कुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह छन्।

प्रहरीमा खाली रहेको एआईजी दरबन्दीमा उनीहरुलाई बढुवा सिफारिस गरिएको हो। बढुवा सिफारिस भएका सबै एआईजी हालका आइजिपी धीरजप्रताप सिंहका ब्याची हुन्।

प्रकाशित: May 23, 2022| 11:57 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।