सिरहा-सिरहामा दिनदहाडै लुटपाट भएको छ । सिरहाको मिर्चैया–कल्याणपुर सडक खण्डको तिनगछिया नजिक लुटपाट भएको हो ।
बिहीबार मध्यान्ह करिब १२ बजे लुटेराहरुको समूहले मनिट्रान्सफर सञ्चालकको साथबाट २५ लाख ६० लाख रुपैया लुटेर फरार भएको प्रहरीले जनाएको छ ।
कल्याणपुर नगरपालिकास्थित कल्याणपुर बजारमा राजाराम सब मनि ट्रान्सफर सञ्चालन गर्दै आएका राजराम साहको साथमा रहेको पैसा अज्ञात व्यक्तिहरु लुटेर फरार भएको प्रहरीले जानकारी दिएको छ ।
मिर्चैयास्थित ग्लोबल बैंकबाट रकम झिकेर मनिट्रान्सफरतर्फ जाँदै गरेको अवस्थामा दुईवटा मोटरसाइकल चढेर आएका चारजना नकाबधारी समूले रकम लुटेर फरार भएका छन् ।
लुटेरा समूहको खोजी भइरहेको मिर्चैयाका प्रहरी नायब उपरीक्षक दीपेन्द्र साहले जानकारी दिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४