बिहीबार, असार ३२, २०८३

आइएमई र नेपालबंगलादेश बैंकबीच अस्योरेन्स सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र नेपालबंगलादेश बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामाइन्स्योरेन्स कम्पनीतर्फबाट निमित्तमहाप्रबन्ध दिनेश अमात्य र नेपालबंगलादेश बैंक लिमिटेडका तर्फबाट नायबकार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठले हस्ताक्षर गरे । 

बैंक अस्योरेन्स सम्झौतापश्चात सर्वसाधरण तथा बैंककागा्रहकहरुले नेपालबंगलादेश बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमाआइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धीजानकारी प्राप्तगर्न सक्नेछन् । 

आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ५० स्थानबाट बिभिन्न शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्ता आजिवनलगायतका बीमा योजना ल्याएको छ । 

आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यूनभन्दा न्यूनआय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पुर्‍याई नेपालमा जीवन बीमा बिस्तार गर्नुलगायत छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्