काठमाडौं- बंगलादेशका फोटो पत्रकार तथा सांस्कृतिक अभियन्ता शाहिदुल आलमको रिहाइको माग गर्दै काठमाडौंमा पनि प्रदर्शन गरिएको छ । पीजे क्लब, नेपाल फोटो पत्रकार महासंघ, फोटो सर्कल र फ्रिलान्स फोटो पत्रकारहरूको अगुवाइको टोलीले नेपालस्थित बंगलादेशको दूतावासमा पुगेर आलमको रिहाइको माग गरे ।
झण्डै ५० को संख्यामा उपस्थित सञ्चारकर्मी, नागरिक समाजका अगुवालगायतले आलमको रिहाइको माग सहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । सहभागीहरुले दूतावासमार्फत आलमको रिहाइको लागि पहल गर्न माग गर्दै शीघ्र रिहाइका लागि ज्ञापन पत्र बुझाएका छन् ।
सरकार विरोधी अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका आलमको रिहाइको माग गर्दै बंगलादेशमा पनि सरकार विरोधी प्रदर्शन जारी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४