काठमाडौं-कस्तुरीको विना खरिद–बिक्रीमा संलग्न चार जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले ठमेलको ज्याठाबाट काभ्रेका दिपक नेपाली, रामेछापका अर्पण सुनुवार, उज्जल पाण्डे र सल्यानका जीवन बस्नेतलाई पक्राउ गरेको छ ।
उनीहरुले दुर्लभ वन्यजन्तु कस्तुरीको विना खरिद–बिक्रीका लागि क्रियाशिल रहेको भन्ने खबर सुनेपछि प्रहरी खोजी कार्य अघि बढाएको थियो ।
दुर्लभ वन्यजन्तु कस्तुरीको विना सुगन्ध तथा विभिन्न औषधीको रुपमा प्रयोग हुने गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४