धनगढी- कैलालीको लम्की चुहा नगरपालिका वडा नं-१ मा स्थित देउती गुट्खा उधोगमा बिहीबार बिहान अज्ञात समुहले प्रेसर कुकर बम बिस्फोट गराएको छ ।
उद्योगको दक्षिणपुर्वी पर्खालमा बिहान करिब पौने ५ बजे बम बिस्फोट भएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।बम बिस्फोट बाट उद्योगको घेरापर्खाल भत्कीएको छ भने कुनै मानवीय क्षति नभएको ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रह निरिक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए ।
बम कस्ले, किन बिस्फोट गराएको हो भन्ने पत्ता नलागेको र अनुसन्धान मै रहेको उनले बताए । देउति गुट्का उद्योगमा बारम्बार बम फेला पर्ने र बिस्फोट भइरहेको भए पनि अहिले सम्म संलग्न पक्राउ पर्न सकेको छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४