शुक्रबार, वैशाख २१, २०८१

बर्दिबास : प्रह्लादले लिए टिकट खोसेको बदला, देउवा-कृपाको जमानत जफत

निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका टेकबहादुर बलम्पाकीभन्दा ५ हजार ९७७ ज्यादा मत ल्याएर मेयर जितेका क्षेत्रीले जेब्रा छापबाट चुनाव चिन्ह लिएर लडेका थिए।
 |  शनिबार, जेठ ७, २०७९

राज सरगम

राज सरगम

शनिबार, जेठ ७, २०७९

वैशाख १२ गते उम्मेदवारको मनोनयन गर्ने दिन थियो। महोत्तरीको बर्दिवास नगरपालिकाको मेयरमा प्रतिस्पर्धा गर्नका लागि नेपाली कांग्रेस सभापति शेरबहादर देउवाको हस्ताक्षरसहितको पत्र पाएका थिए प्रह्लाद क्षेत्रीले। उनले साथमा चिरञ्जीवी हमाललाई पनि लिएर निर्वाचन अधिकृतको कार्यालयमा नेपाली कांग्रेसको मेयर पदका लागि मनोननय दर्ता गराउन पुगेका थिए।

triton college

कांग्रेस सभापति देउवाले क्षेत्रीको टिकट फिर्ता लिइदिए। हमाललाई आधिकारिक उम्मेदवार बनाउन  निर्वाचन अधिकृतको कार्यालयलाई सभापति देउवाले पत्र पठाइदिए। आयोगले पनि हमाललाई नै कांग्रेसको आधिकारिक उम्मेदवार मान्ने भयो। क्षेत्रीलाई ठूलो भरोसा थियो कांग्रेसबाट मेयरमा निर्वाचित हुने। तर बालुवाटार बसेका सभापति देउवाले बर्दिबासको टिकट फिर्ता लिएपछि पर्नु पर्‍यो।

आफूलाई नै टिकट दिने भनेर कांग्रेस प्रदेश समितिले निर्णय गरिसकेको थियो। उनले आफ्नो चुनावी कार्यक्रम सुरु पनि गरिसकेका थिए। तर अन्त्यमा उम्मेदवार नै बन्न नपाउने स्थिति आयो। २०७० सालको संविधानसभा चुनावमा गिरिराजमणि पोखरेलसँग हमालले हारेका थिए। तिनै हमालले मेयरको टिकट पाएका थिए। मेयरका आधिकारिक टिकट नै गुमेपछि ठूलै झट्काको महसुस गरेका क्षेत्री भन्छन्, ‘पार्टीभित्रैबाट चलखेल भएपछि एकाएक ओझेलमा परेँ। पार्टीले त धोका दियो। तर हार खाइनँ।’

उम्मेदवारी मनोनयन गर्ने दिन टिकट फिर्ता भएर आधिकारिकता नपाएपछि क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दिने सोच बनाए। आफू निकटका साथीहरू तत्कालै माझ सल्लाह गरे। स्वतन्त्र उम्मेदवारी दिन साथीहरूले  हौसला दिए। तत्कालै घोषणा गरे- 'अब म स्वतन्त्र उम्मेदवार'।

‘पहिला त अलिकति डराएको थिएँ। तर, साथीहरूले साथ दिएपछि हिम्मत आयो। अनि प्यानलै बनाएर लाग्यौं,' उम्मेदवारी घोषणा गर्नुअगाडिको क्षण सम्झिए प्रह्लादले।

corrent noodles
Metro Mart

जेब्रा छाप लिएर उपमेयरका लागि हिरादेवी महतोले पनि उनकै प्यानलबाट स्वतन्त्र उम्मेदवारी दिइन्। उनीहरुलाई साथ दिन नगरपालिकाभित्र रहेको १० वटा वडाबाट स्वतन्त्र वडाध्यक्षको प्यानलमा बन्यो।

निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका टेकबहादुर बलम्पाकीभन्दा ५ हजार ९७७ ज्यादा मत ल्याएर मेयर जितेका क्षेत्रीले जेब्रा छापबाट चुनाव चिन्ह लिएर लडेका थिए। क्षेत्रीले स्वतन्त्रबाट चुनाव जित्दा कांग्रेसका आधिकारिक उम्मेदवार चिरञ्जीवी हमालको 'लज्जास्पद' हार भयो। १२६३ मतसहित चौथो स्थानमा सीमित भएका कांग्रेसका हमालको जमानत जफत भयो। खसेको मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गरे जमानत जफत हुने व्यवस्था छ।


प्रकाशित: May 21, 2022| 15:20 शनिबार, जेठ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...