धनगढी- डोटीमा बस दुर्घटना हुँदा घाइते हुनेको संख्या १२ पुगेको छ। कैलालीबाट अछामका लागि छुटेको ना५च ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका-१ गेरुपानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शनिबार बिहान सवा ५ बजेतिर बस दुर्घटना भएको हो। दुर्घटनामा बसका सहचालक गम्भीर घाइते भएका छन्। तीन जना मध्यम र बाँकी ८ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
बसमा सवार १८ महिनाका बच्चा हराइरहेको र उनको खोजी भइरहेको प्रहरीको भनाइ छ।
घाइतेको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ। बसमा २० जना सवार थिए। घटनापछि बस चालक फरार छन्।