काठमाडौं- देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ। प्रदेश–१ र मधेस प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज बिहान प्रदेश १ तथा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भूभागमा आंशिक बदली रहेको छ।
आज दिउँसो प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ।
प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र देशका बाँकी भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ।
प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
हाल नेपालमा स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेको विभागले जनाएको छ।