बिहीबार, असार ३२, २०८३

के छापे आजका राष्ट्रिय दैनिक अखबारहरुले ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्रहिलो प्राथमिकतामा पारेका छन् । 

कसैले प्रहरीको इन्काउन्टरका विषयमा जाँचबुझ समिति बन्ने तर प्रतिवेदन नआउने गरेको विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले स्थानीय तहले नागरिकमाथि तेब्बर कर थोपरेको विषयलाई प्राथमिकतामा पारेका छन् । 

आजको कान्तिपुर दैनिकले स्थानीय तहहरुले मनपरी तरिकाले कर लगाएकने उल्लेख गर्दै इलाम नगरपालिकाले इन्धनमा समेत अतिरिक्त कर लगाएको खबर लेखेको छ । साविक गाविस जतिको पनि सुविधा नदिने नगरपालिकाहरुले उल्टै कर बढाएको स्थानीयतको गुनासो छ ।

संविधान जारी हुनुअघि जन्मका आधारमा नागरिकता पाएका सन्तानलाई सरकारले वंशज नागरिकता दिने भएको भएको खबरलाई पनि कान्तिपुरले प्राथमिकतामा पारेको छ । उसले मुठभेडका अनुसन्धान अलपत्र पर्ने गरेको र नोटमा केरमेट गरे जेल सजाय हुन सक्ने खबरलाई पनि महत्वका साथ छापेको छ।  

सिक्टा छानबिनमा सबै निकाय मौन शीर्षकमा मुख्य खबर लेखेको आजको नागरिक दैनिकले प्रहरीको इन्काउन्टरका विषयमा जाँचबुझ समिति बन्ने तर प्रतिवेदन नआउने गरेको विषयलाई प्राथमिकतामा पारेको छ । मानवअधिकार आयोगले यस्ता घटनाको अध्ययन अघि नबढाउने वा प्रतिवेदन सार्वजनिक गर्न हिच्किचाउने हो भने आगामी दिनमा उजुरी गर्नुको कुनै अर्थ नहुने समेत उसले उल्लेख गरेको छ । 

आजको नयाँ पत्रिकाले बलात्कार पीडितले न्याय खोज्दा अन्याय भोग्नु परेको विषयलाई विशेष रुपमा उठान गरेको छ  । यस विषयलाई करिब पहिलो पृष्ठ पुरै खर्चिको उसले चार वर्षमा ४ हजार ४ सय ४५ महिला बलात्कृत भएको तथ्याङ्क सार्वजनिक गरेको छ । हरेक दिन ३ जना महिला बलात्कृत हुनु परेको उसले उल्लेख गरेको छ।  बैतडीकी पूजा बोहोरा बलात्कृत भएको मुद्दा सर्वोच्च आएपछि कल्याण श्रेष्ठ र सुशीला कार्कीसहितका चार प्रधानन्यायाधीश फेरिए पनि न्याय भने नमिलेको उसले उल्लेख गरेको छ । 

आजबाट नेपाल आइडल–२ सुरु हुने भन्दै ज्याकेट छापेको आजको अन्नपूर्ण पोस्टले भने दलितको पसलै चल्दैन शीर्षकमा मुख्य समाचार छापेको छ । उसले ग्रहकको उपेक्षाले मधेसी दलितले खेलेका पसल बन्द हुने गरेको समाचारमा उल्लेख गरेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।