सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डोटीको सेती किनारमा बस खस्यो : चारजना घाइते, एक बालक बेपत्ता

डोटीको सेती किनारमा बस खस्यो : चारजना घाइते, एक बालक बेपत्ता

शनिबार बिहान ना५ख ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका–१, गरेपानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
 |  शनिबार, जेठ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ७, २०७९

धनगढी- कैलालीको धनगढीबाट अछाम जाँदै गरेको यात्रुवहाक बस डोटीमा दुर्घटना भएको छ। शनिबार बिहान ना५ख ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका–१, गरेपानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीद्ये जनाएको छ। दुर्घटनामा थप एक बालक बेपत्ता भएको प्रारम्भीक जानकारी प्राप्त भएको डोटी प्रहरीको भनाइ छ।

बस सडकबाट सेती नदीको किनारमा खसेको छ। दुर्घटनामा १८ महिनाका एक बालक बेपत्ता भएका छन्। प्रहरी घटनास्थलमा पुगेर उद्धार र विस्तृत विवरण संकलन गरिरहेको जनाइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित: May 21, 2022| 07:35 शनिबार, जेठ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।