सोमबार, साउन २५, २०८३

भरतपुरमा रुखले च्यापिएर मृत्यु भएका २ जनाको सनाखत

उक्त अटोका चालक भरतपुर ११ लामाटोल बस्‍ने करिब ५०-५१ को प्रदीपकुमार लामा र सोही अटोमा सवार हाल नामथर वतन नखुलेको ५०-५१ वर्षकी महिलाको घट्नास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
 |  शुक्रबार, जेठ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ६, २०७९

काठमाडौं- भरतपुर महागरपालिकामा शुक्रबार साँझ चलेको हावाहुरीले रुख ढल्दा च्यापिएर तीन जनाको मृत्यु भएको छ। मृत्यु भएकामध्ये दुई जनाको सनाखत भएको छ।

जिल्ला प्रहरीका कार्यालय चितवनका अनुसार शुक्रबार साँझ ७ बजेको समयमा आएको हावाहुरीको कारण ढलेको रुखले चितवन भरतपुर -११ भोजाड जंगल स्थित भित्री सडक खण्डमा पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना२ह २२४७ नं. को अटोलाई च्यापिउको हो। 

उक्त अटोका चालक भरतपुर ११ लामाटोल बस्‍ने करिब ५०-५१  को प्रदीपकुमार लामा र सोही अटोमा सवार हाल नामथर वतन नखुलेको ५०-५१ वर्षकी महिलाको घट्नास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। 

सोही अटोमा सवार २० वर्षीया अबिता गुरुङ र ५० वर्षीया तुलमाया गुरुङ सामान्य घाइते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

रुख जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी नायब उपरीक्षकको टोली र स्थानीय नागरिकहरुद्वारा घटनास्थलबाट रुख हटाइ मृतकको शवको भरतपुर सरकारी अस्पताल पठाइएको जनाइएको छ। 

त्यसैगरी हावाहुरीको कारण ढलेको रुखले भरतपुर-११ बसेनि चोकमा बिशाल चोकबाट बसेनितर्फ आउदै गरेको ना १ ज ६१४० नं. को म्याजिकलाई किच्दा म्याजिकमा सवार एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर-११ का ४८ वर्षीय लोकनाथ न्यौपानेको मृत्यु भएको हो। मृतकको शव भरतपुर सरकारी अस्पतालमा पठाइएको जनाइएको छ।

सोही हावा हुरीको कारण महानगरको विभिन्‍न स्थानहरुमा रुख तथा बिजुलीको पोल ढलेको र यसको विस्तृत विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 


प्रकाशित: May 20, 2022| 22:00 शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।