बिहीबार, वैशाख २०, २०८१

यस्ता 'गढ' जो यो निर्वाचनमा भत्के

लामो समयदेखि एउटा दलले रजगज चलाएको, कुनै दल विशेषको 'विरासत' र 'गढ' भनिएका क्षेत्रमा अर्को दल विजयी भएको विषयमा केन्द्रित छ।
 |  शनिबार, जेठ ७, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

शनिबार, जेठ ७, २०७९

triton college
corrent noodles
Metro Mart

काठमाडौं- स्थानीय तहमा निर्वाचनको पालिकाको परिणाम धमाधम सार्वजनिक भइरहेको छ। परिणाम सार्वजनिक हुन बाँकी स्थानमा गणना जारी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ। यो चुनावमा कतिपय शीर्ष नेताकै वडा र गृहपालिकामा उनीहरूको पार्टीले पराजय भोगेको छ। कतिपय दलको ‘किल्ला’ भनेर दाबी गरिएको क्षेत्रमै अर्को पार्टीले चुनाव जितेको छ। त्यस्तै, देशका प्रमुख सहरमा स्वतन्त्र उम्मेदवारले पनि ठूला भनिएका दललाई 'आच्छुआच्छु' पारिरहेका छन्।

यति मात्र होइन, बागी उम्मेदवार पनि यसपालिको चुनावमा विजयी भएका छन्। सबैभन्दा धेरै बागी बन्ने परिस्थिति खडा गरेको कांग्रेसकै बागीले केही स्थानमा विजयी भएका छन्। यसले उम्मेदवार चयनमा केन्द्रको हस्तक्षेपलाई कार्यकर्ता मात्र होइन, मतदाताले समेत अस्वीकार गरेको भन्न यथेष्ट प्रमाण पुगेको छ। लामो समयदेखि एउटा दलले रजगज चलाएको, कुनै दल विशेषको 'विरासत' र 'गढ' भनिएका क्षेत्रमा अर्को दल विजयी भएको विषयमा केन्द्रित छ। 

मेलम्ची नगरको प्रमुखमा कांग्रेस उम्मेदवार आइतमान तामाङ निर्वाचित भएका छन्। २०४८ को परिवर्तनपछि मेलम्ची नगर एमालेको किल्लाको रुपमा परिचित थियो। स्थानीत तह निर्वाचनमा जिल्लामै सबैभन्दा बढी मत खसेको यो नगरमा ११ हजार २५८ मत ल्याएर तामाङ विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार बालकृष्ण देउजालाई ९३ मतले पछाडि पार्दै कांग्रेस क्षेत्रीय सभापति रहेका तामाङले चुनाव जिते। देउजाले ११ हजार १ सय ६५ मत पाए।

प्रकाशित: May 21, 2022| 12:09 शनिबार, जेठ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...