बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जाँदाजाँदै सेनापतिले भने, 'विखण्डनकारी तथा अपराधिक तत्वहरु सलबलाउन थाले'

जाँदाजाँदै सेनापतिले भने, 'विखण्डनकारी तथा अपराधिक तत्वहरु सलबलाउन थाले'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रधानसेनापति राजेन्द्र क्षेत्रीले साम्प्रादायिक भावना फैलाउन खोज्ने जातीय, भाषिक,  धार्मिक, क्षेत्रीय एजेन्डा बोकेका विखण्डनकारीहरु तथा अपराधिक तत्वहरु सलबलाउन थालेको चिन्ता व्यक्त गरेका छन्। 

अवकाश हुनु एक महिना अघि विदा बस्ने परम्पराअनुसार आगामी शुक्रबारदेखि घर विदामा बस्न लागेका क्षेत्रीले यस्तो चिन्ता व्यक्त गरेका हुन् । बुधबार सेनाका सकल दर्जालाई दिएको सम्बोधनमा उनले भनेका छन् , 'साम्प्रादायिक भावना फैलाउन खोज्‍ने विखण्डनकारीहरु तथा अपराधिक तत्वहरु सलबलाउन थालेको छन् ।' उनले विध्वंशकारी घटनाहरु घटाएर कुनै न कुनै बाहनामा द्वन्द्वको निरन्तरता चाहने तत्वहरु सक्रिय हुन थालेको र यसले सुरक्षमा जटिलता थपेको बताएका छन्।

सेनापति क्षेत्रीले कुनै पनि आवरणमा हुने अबाञ्छित तथा अराजक गतिविधिलाई निस्तेज पार्न सेनाले कुनै कसर बाँकी नराख्‍ने बताएका छन् । बदलिदो विश्व परिवेशमा सुरक्ष चुनौती थपिएको बताउँदै क्षेत्रीले भनेका छन्, 'बाह्य र आन्तरिक सुरक्षा वातावरण अस्थिर,  अनिश्चित, जटिल र अस्पष्ट रहेको छ ।'

 क्षेत्रीय तथा अन्तराष्ट्रिय परिवेशमा विकास हुँदै गइरहेको ट्रान्सनेशनल क्राइमका साथै धार्मिक, जातीय तथा क्षेत्रीय भावना बढ्दो लगायत गैर परम्परागत चुनौतीहरु दिगो विकासका लागि बाधक बन्दै गएको उनले बताएका छन् ।

क्षेत्री विदामा बसेपछि सेनाको नेतृत्व कायममुकायम प्रधानसेनापतिका रुपमा रथी पूर्णचन्द्र थापाले गर्नेछन् । सरकारले रथी पूर्णचन्द्र थापालाई सेनाको कायममुकायम प्रधानसेनापति बनाउने निर्णय गरिसकेको छ र भदौं २४ पछि थापा औपचारिक रुपमा प्रधानसेनापति हुनेछन् । 

क्षेत्रीले आफ्नो कार्यकालमा भएका काम तथा उपलब्धीहरुको विवरणसमेत सम्बोधन समावेश गरेका छन् । सकल दर्जालाई दिएको सम्बोधन यहाँ प्रस्तुत गरिएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।