सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सौन्दर्य प्रतियोगी बलात्कारसम्बन्धी घटनाको छानबिन गर्न एसएसपी नेतृत्वको समिति गठन

सौन्दर्य प्रतियोगी बलात्कारसम्बन्धी घटनाको छानबिन गर्न एसएसपी नेतृत्वको समिति गठन

सौन्दर्य प्रतियोगिताका आयोजकबाट भएको बलात्कारसम्बन्धी घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरको नेतृत्वमा समिति गठन गरेको छ।
 |  शुक्रबार, जेठ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ६, २०७९

काठमाडौं- सौन्दर्य प्रतियोगिताका आयोजकबाट भएको बलात्कारसम्बन्धी घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरको नेतृत्वमा समिति गठन गरेको छ। 

समितिमा एसपी कृष्ण कोइराला, डीएसपी कोपिला चुडाल, हरि बस्नेत र इस्पेक्टर सपना खड्का सदस्य छन्। 

बुधबार साँझ एक युवतीले टिकटकमार्फत आफूमाथि ८ वर्षअघि जबर्जस्ती करणी भएको भन्दै २० वटा भिडियो क्लिप सार्वजनिक गरेपछि यो घटना बाहिरिएको हो। आफू ‘मिस ग्लोबल इन्टरनेसनल नेपाल २०१४’ को ‘फर्स्ट रनर–अप’ हुँदा उक्त सौन्दर्य प्रतियोगिताका आयोजक तथा कन्सल्टेन्सी सञ्चालकले आफूमाथि जबर्जस्ती करणी गरेको ती युवतीको आरोप छ।

यहाँसम्म कि ‘सक्सेस पार्टी’को नाममा आफूलाई एभरेष्ट होटल बोलाएर ‘वेल्कम ड्रिंक’मा नशालु पदार्थ मिसाई बेहोस भएको अवस्थामा करणी गरेको ती युवतीले सार्वजनिक भएको भिडियोमा खुलाएकी छन्। त्यसको ६ महिनासम्म पनि विभिन्न फोटो तथा भिडियो देखाएर धम्कीपूर्ण तरिकाले ब्ल्याकमेल गर्दै लगातार करणी गरेको ती युवतीले दाबी गरेकी छन्। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वसन्तराज कुँवरसँगको प्रश्‍नमा उनले आफूहरु चुप लागेर नबसेको बताए। ‘हामी मौन छैनौं, यो प्रकरणलाई पूरै गम्भिरताका साथ लिइरहेका छौं,’ नेपाल समयसँग उनले भने, ‘हिजोदेखि नै पीडितसँग सम्पर्क गर्न खोजेका थियौं। बल्ल केही बेरअघि उहाँको घरमै सम्पर्क भयो। महिला अधिकृतसहितको हाम्रो टोलीले उहाँलाई काउन्सेलिङ गरेको छ।’ कार्यालयका एसपी कृष्ण कोइरालाको नेतृत्वमा प्रहरी टोली पीडितको घरमा पुगेको थियो।  कुँवरका अनुसार घटनाका आरोपी मनोज पाण्डे पनि प्रहरीको निगरानीमै छन्।


प्रकाशित: May 20, 2022| 20:58 शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।