बिहीबार, असार ३२, २०८३

नेविसंघको महाधिवेशनका लागि तात्यो कांग्रेस 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- नेपाली काँग्रेसले भ्रातृसंस्था नेपाल विद्यार्थी संघलाई महाधिवेशन सम्पन्न गर्न सकिने आधारसहितको कार्ययोजना पेश गर्न निर्देशन दिएको छ । 

नेविसंघको आन्तरिक संगठन र महाधिवेशनलाई सहजीकरण गर्न काँग्रेसले गठन गरेको संयन्त्रअनुसार निर्वाचित भएको मितिले आगामी भदौ २ गते केन्द्रीय कार्यसमितिको कार्यकाल पूरा हुँदैछ । 

महाधिवेशन हुन सक्नेगरी पर्याप्त तयारी नभइसकेको सन्दर्भमा संघको विधानमा उल्लेखित प्रावधानअनुसार विशेष परिस्थितिमा तीन महिना थप गर्न सकिने व्यवस्था छ । 

काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा रहेको संयन्त्रले सो प्रावधान लागू गर्नुपर्ने आवश्यकताअनुरुप कार्ययोजना पेश गर्न आज निर्देशन दिएको पार्टीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।