सोमबार, वैशाख ३१, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • एन्फा चुनाव : कर्माको नेतृत्वविरुद्ध पंकज पक्षले गर्‍यो उम्मेदवारी घोषणा

एन्फा चुनाव : कर्माको नेतृत्वविरुद्ध पंकज पक्षले गर्‍यो उम्मेदवारी घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनाव आगामी असार ६ गते हुँदैछ। त्यो चुनावका लागि अहिलेका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले अध्यक्षमा उम्मेदवारी दिने भएका छन्। उनको टिमबाट वरिष्ठ उपाध्यक्षमा वीर बहादुर खड्काले उम्मेदवारी दिने भएका छन्।
 |  शुक्रबार, जेठ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ६, २०७९

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनाव आगामी असार ६ गते हुँदैछ। त्यो चुनावका लागि अहिलेका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले अध्यक्षमा उम्मेदवारी दिने भएका छन्। उनको टिमबाट वरिष्ठ उपाध्यक्षमा वीर बहादुर खड्काले उम्मेदवारी दिने भएका छन्।

triton college

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एन्फा सदस्य किरण राईले एन्फाको ऋण मात्र १३ करोड रहेका दाबी गरेका छन्। यी र यस्तै विषयबाट अघि बढ्दै पंकज पक्षले अहिले अध्यक्ष रहेका कर्माछिरिङ शेर्पाको विरुद्धमा प्यानल नै बनाएर चुनावमा होमिन आफ्ना एजेन्डा प्रस्तुत गरेका छन्।

‘काममा असफलता र पछिल्लो घटनाका कारण अध्यक्ष कर्माले राजीनामा दिनुहुन्छ होला भनेको छ, उहाँले फेरि चुनावमा उठ्ने भन्नुभएछ,’ घोषणा सभामा बोल्दै सदस्य राईले भने, ‘चार वर्ष कालो दिनका रुपमा रह्यो। उनले फेरि नेतृत्व गर्नुभयो भने पछि धकेलिन्छ भनेर हामी उम्मेदवारी घोषणा गर्न आएको हो।’

राईले कर्माले अब एन्फा ‘ड्राइभ’ गर्न नसक्ने पनि बताएका छन्। उनले कर्माको नेतृत्वमा कर्मचारीले काम गर्न नसकेको, प्रतियोगिता राम्रो गरी नचलाएको, खेलाडीबारेमा नसोचेको र कार्यक्षेत्रभन्दा बाहिरको विषयमा सोचेको बताएका छन्। 

एन्फा अध्यक्षमा उम्मेदवारी किन त? यसो भन्छन् नेम्बाङ

corrent noodles
Metro Mart

हिजो हामीले सुन्दर नारा ‘परिवर्तनका लागि सामूहिकता, पारदर्शिता र विकेन्द्रीकरण हाम्रो प्रतिबद्धता’ राखेका थियौं। एन्फामा निर्वाचित भयौँ पनि। तर निर्वाचित भएको केहि समयमै हाम्रो एकता विथोलियो। हामी भन्ने कार्यसमिति, क्लब र जिल्लामा एकता हुनु पर्छ एकतामै बल छ भन्ने। र, हामीले एकताले नै नेपाली फुटबलको विकास गर्न सकिन्छ भनेका छौं। तर एन्फा नेतृत्वले हामी चार उपाध्यक्षलाई चारतिर, १२ सदस्यलाई बाह्रतिर क्लबमा जिल्लामा फुटाउ र राज गर भनेजसरी काम गर्यो।

हामीले बारम्बार भन्यौँ र भनि नै रह्यौँ। तर उहाँ (अध्यक्ष कर्माछिरिङ शेर्पा)ले मान्नु भएन। हामीले आर्थिक नियमावाली बनायौँ। बनाएकै दिनबाट नियमावली विरुद्ध काम कारबाही पो गर्न थाल्नुभो। हामीले सुझव दिए पनि त्यस्ता काम दोहोरिँदै गयो। अझैसम्म दोहोरिरहेको छ।

आर्थिक अनियमितता चरममा पुग्यो। फिफाले मानिस पठाएर अडिट गरिसकेको छ। अहिले एन्फामा आर्थिक नाकाबन्दी लागेको छ। हामीले एक लाख खर्च गर्न पनि फिफालाई कागज बनाएर पठाएर अनुमति लिनुपर्ने हुन्छ। उहाँ भन्नुहुन्छ फिफाले कडाइ गरेको राम्रो। तर फिफाले कडाइ गर्ने अवस्था किन आयो?

नरेन दाइको पालासम्म फिफाले त्यस्तो कडाइ किन गरेन? आर्थिक प्रतिबन्ध किन लगाएन? हामी आउने वित्तिकै आर्थिक प्रतिबन्ध किन लगायो? एन्फामा नीतिगत र आर्थिक भ्रष्टाचार भएको छ। अनि फिफाले प्रतिबन्ध लगाएको हो।

झन्डै तीन करोड रुपैयाँ एक कम्पनीले लगिसकेको छ। त्यो एन्फालाई आउने फन्डबाट काटिँदैछ। हिजो हामीले पारदर्शिता भनेका थियांै। भ्रष्टाचारमा शून्य सहनशिलता भनेको हो तर ठिक विपरीत काम भइरहेको छ।

नेपाली फुटबललाई अघि बढाउने हो भने मैले उम्मेदवारी दिनै पर्छ। क्लब र एन्फामा बस्ने साथीहरुको सल्लाह सुझावमा हामी उम्मेदवारी घोषणा गर्दैछौं। आगामी ६ गते हुने निर्वाचनमा एन्फा अध्यक्ष पदमा झापा जिल्ला फुटबल संघबाट प्रतिनिधित्व गरेर एन्फाको अध्यक्ष पदमा उम्मेदवारी दिन गइरहेको छु।

वीरबहादुर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार

म केहि भन्दिन तर हामी गर्छौँ। अहिले एकमात्र कुरा गरौँ। विगत तीन हप्तादेखि १० खेलाडीको विषय जुन तरिकाले आइरहेको छ। हिजो भएको एक घटना सम्झना गराउँ। छानविन समितिले छानविनको रिपोर्ट दिइसकेपछि हिजोको एन्फाको अवस्थाको बारेमा भन्न चाहन्छु।

हामी एन्फामा बसेर आग्रह गरेर हाम्रो भविष्य के भनिरहँदा अध्यक्ष कर्मा छिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधर आआफ्नो कक्षमा हुनुहुन्थ्यो। त्यतिबेला मैले खेलाडीमा जोश र आक्रोश देखेँ। कर्माले एन्फाको नेतृत्व सम्हाल्न सक्दैन भन्ने आक्रोश मैले खेलाडीको आँखामा देखेँ। त्यतिबेला ती खेलाडीले ‘सर अब एन्फाको नेतृत्व तपाईंले लिनुपर्छ कर्माछिरिङ शेर्पा एन्फामा हुन्छन् भने फुटबल विकास हुँदैन’ भन्नुभयो।

उहाँलाई खेलाडीको चिन्ता नै रहेनछ। उहाँ राजनीति गर्ने मात्रै हो। उहाँले खेलाडीको हक र अधिकारको कुरा गर्नुहुन्छ। क्लब र जिल्लाको बारेमा सोच्नुहुन्छ भने उहाँ पदमा बस्नु हुँदैन। त्यसको विरुद्धमा आज यो उम्मेदवारी घोषणा गर्न गइरहेका छौं। 


प्रकाशित: May 20, 2022| 18:53 शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।