शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जबरजस्ती करणीको हदम्यादबारे बोलिन् प्रधानमन्त्रीपत्नी आरजु

जबरजस्ती करणीको हदम्यादबारे बोलिन् प्रधानमन्त्रीपत्नी आरजु

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी कांग्रेस नेतृ आरजु राणा देउवाले सामाजिक सञ्जालमार्फत संसद्समक्ष अनुरोध गरेकी छन्।
 |  शुक्रबार, जेठ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ६, २०७९

काठमाडौं– बुधबार साँझबाट सामाजिक सञ्जालमा आफू ८ वर्षअघि बलात्कृत भएको घटना सार्वजनिक गरेकी पीडित युवतीका भिडियो भाइरल छन्। २० वटा भिडियोमार्फत सन् २०१४ मा ‘ब्युटी पेजेन्ट’मा सहभागी हुनेक्रममा आफूमाथि बलात्कार भएको पीडितको आरोप छ। डराईधम्काई ६ महिनासम्म लगातार बलात्कारको शिकार बनेकी उनी त्यतिबेला उमेरले १६ वर्षकी थिइन्।

National life

बिहीबार साँझ पीडित युवतीको अर्को पनि भिडियो भाइरल भएको छ, जसमा उनले रुँदै भनेकी छन्, ‘कस्तो नियम हो यो नेपालको? एक वर्षभित्र रिपोर्ट गरेन भने फाइल लिँदैन रे कोर्टले। आइ एम लुजिङ होप।’

०७५ भदौ १ देखि लागू भएको अपराध संहिता अनुसार जबरजस्ती करणीको उजुरी–जाहेरी दिने हदम्याद १ वर्षमात्र तोकिएको छ। पछिल्लो समय चर्चामा आएको यस मुद्दाले नेपालको प्रचलित कानुनलाई नै विवादित बनाएको छ। जबरजस्ती करणीका मुद्दाहरुमा हदम्यादको व्यवस्था खारेज गरिनुपर्ने माग गर्दै हाल विभिन्न तवरबाट विरोध भइरहेका छन्। 

यसै विषयलाई उदृत गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी कांग्रेस नेतृ आरजु राणा देउवाले सामाजिक सञ्जालमार्फत संसद्समक्ष अनुरोध गरेकी छन्। घटनाले ‘सर्भाइबर’लाई जीवनभर सताइरहने भएकाले यस्ता कुरा खुलेर, हिम्मत गरेर सार्वजनिक गर्न उनीहरुलाई समय लाग्ने भएको हुँदा यौनजन्य अपराधका मुद्दाहरुमा हदम्याद खारेज गरिनुपर्ने उनको तर्क छ।

उनले भनेकी छन्, ‘जबरजस्ती करणी ऐन संशोधनका लागि संसद्समक्ष अनुरोध– सर्भाइबरलाई लागेको चोट जीवनभर निको हुँदैन। उनीहरुका लागि त्यही दुर्घटनाका घडीमा समय रोकिएझैँ हुने भएकाले उजुरी दिने समयको कुनै पावन्दी तोकिनु हुँदैन। हिम्मत जुटाएर सार्वजनिक रुपमा त्यसबारे बोल्न अनि न्यायको माग गर्न उनीहरुलाई निकै समयको खाँचो पर्न सक्छ। अन्य राष्ट्रहरुले यसबारे नीति परिवर्तन गरी दशकौँपछि पनि बाल यौन शोषणका शिकार भएकाहरुलाई न्याय दिलाइसकेका छन्। नेपालले पनि यस विषयमा ती राष्ट्रहरुलाई पछ्याउनुपर्छ।’

Shivam cement

प्रकाशित: May 20, 2022| 18:23 शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।