आइतबार, भदौ १४, २०८३

युगान्डाविरुद्ध नेपालको पहिलो जित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा जारी नेपाल र युगान्डा महिला टिमबीचको पाँच खेलको टी–२० सिरिजअन्तर्गत चौथो खेलमा नेपालले पहिलो जित निकालेको छ।
 |  शुक्रबार, जेठ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ६, २०७९

काठमाडौं– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा जारी नेपाल र युगान्डा महिला टिमबीचको पाँच खेलको टी–२० सिरिजअन्तर्गत चौथो खेलमा नेपालले पहिलो जित निकालेको छ।

ओसिलो मैदानका कारण आधा घण्टा पछि सुरु भएको खेलमा नेपालले पहिलो ब्याटिङ गर्दै १५ रनको जित निकालेको हो। दुई ओभर घटाइएको खेलमा नेपालले निर्धारित १८ ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर ९७ रन बनाएको थियो।

जवाफमा युगान्डा १८ ओभरमा आठ विकेट गुमाएर ८२ रनमा समेटिएपछि नेपालले १५ रनको जित निकालेको हो। आज नेपालको जितका लागि ओपनिङमा ज्योति पाण्डे र विन्दू रावलले २९ रनको राझेदारी गरे। आउट हुनुअघि विन्दूले १६ रन बनाइन भने ज्योतिले पनि १७ रनको योगदान दिइन्।

त्यस्तै नेपाली टिमको सिनियर खेलाडी सिता रना मगरले ११ र रुविना क्षेत्री एक रनमा आउट भए। नेपालविरुद्ध बलिङमा उत्रिएको युगान्डाका कोन्सी अवेकोले तीन विकेट लिइन् भने सराहले दुई विकेट लिए।

जवाफमा युगान्डाका जानेट एमबाबाजीले २१ रन बनाइन् भने रिता न्यान्गेन्दो र एवेलिन एनिपोले समान १६–१६ रनको योगदान दिए। त्यस्तै, हिरन्मयी रोयले दुई विकेट गिराइन्।

यसअघिका तीन खेलमै हार बेहोरेपछि नेपालले सिरिज गुमाइसकेको छ। यता चौथो खेलमा जित निकालेसँगै नेपालले ३–१ को नतिजा बनाएको छ।

प्रकाशित: May 20, 2022| 17:14 शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।