काठमाडौं- भृकुटिमण्डपमा भदौ पहिलो साता वृहत तिज व्यापार मेला हुने भएको छ । महिला शिर्जनशिल केन्द्रको आयोजनामा भदौ ७ गतेदेखि १० गतेसम्म भृकुटिमण्डपमा १७ औं तिज महोत्सव ‘बृहत तिज व्यापार मेला’ को आयोजना हुने भएको हो ।
आयोजकका अनुसार मेलामा दुई सयभन्दा बढि स्टलहरु रहनेछ । एक लाखभन्दा बढी आगन्तुकले मेला अवलोकन गर्ने आयोजकको अनुमान छ । यस्तै महिला सिर्जना र उद्यमशिलतालाई प्रोत्साहन गर्ने उदेश्यले ५ उकृष्ट व्यवसायीलाई पुरस्कृत गरिने जानकारी गराइएको छ ।
मेलामा अवलोकनकर्ताहरुका लागि निशुल्क स्वस्थ्य शिविर, फोटो सुट, मेहेन्दि आर्ट, हेयर कटिङ्ग लगायतको अवसर प्रदान गरिने आयोजकको भनाइ छ । मेलाको उद्घाटन समाज कल्याण महिला तथा बालबालिका मन्त्री थममाया थापाले गर्ने आयोजकले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४