काठमाडाैं- आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । सोही कम्पनीको महाप्रबन्धक तथा का.मु. प्रमुख कार्यकारी अधिकृत भैसकेका श्रेष्ठ बुधबार सिइओमा नियुक्त भएका हुन् ।
कार्यकारी अधिकृतको सपथ लिंदै श्रेष्ठले आफनो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले कम्पनीलाई सहयोग गर्ने नियमन निकायहरु, बीमा समिति, कम्पनीको संचालक समिति, शेयधनीहरु, कम्पनीमा कार्यरत कर्मचारीहरुलाई धन्यवाद दिएका थिए ।
उनकै नेतृत्वमा करिब ३ बर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले १ अर्ब भन्दा बढीको बीमा शुल्क आर्जन गर्न सफल भएको कम्पनीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४