सोमबार, साउन २५, २०८३

बलात्कार आरोपितमाथि अनुसन्धान गर्न गगन थापाको माग

'हिजो घर फर्कंदै गर्दा एकजना युवती सात वर्षअघि बलात्कृत भएको तर न्याय नपाएको घटना सार्वजनिक भयो। म घर पुग्दै गर्दा घरमा श्रीमती र छोरी डराइरहेको पाएँ,' थापाले भने, 'सभामुख महोदय, यति गम्भीर विषय सार्वजनिक भइसक्दा पनि सरकारले बलात्कार आरोपितलाई अनुसन्धान नगर्नु सकारात्मक कुुरा होइन। यस्तो गम्भीर विषयमा सरकारले तत्काल आरोपितमाथि अनुसन्धान थालोस्।'
 |  शुक्रबार, जेठ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ६, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार आरोपितमाथि अनुसन्धान थाल्न माग गरेका छन्। सामाजिक सञ्जालमा आएको भिडियो हेरेर आफ्ना छोरीहरु समेत डराएको भन्दै थापाले अभियोग लागेकामाथि तत्कालै अनुसन्धानका लागि सभामुखको ध्यानाकर्षण गराएका हुन्।प्रतिनिधिसभामा शुक्रबारको बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापा सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराए।

'हिजो घर फर्कंदै गर्दा एकजना युवती सात वर्षअघि बलात्कृत भएको तर न्याय नपाएको घटना सार्वजनिक भयो। म घर पुग्दै गर्दा घरमा श्रीमती र छोरी डराइरहेको पाएँ,' थापाले भने, 'सभामुख महोदय, यति गम्भीर विषय सार्वजनिक भइसक्दा पनि सरकारले बलात्कार आरोपितलाई अनुसन्धान नगर्नु सकारात्मक कुुरा होइन। यस्तो गम्भीर विषयमा सरकारले तत्काल आरोपितमाथि अनुसन्धान थालोस्।'

थापाको आग्रह पछि सभामुख अग्नि सापकोटाले सरकारलाई छानबिन गर्न निर्देशन दिएका छन्।

प्रकाशित: May 20, 2022| 14:05 शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।