काठमाडौ- ग्लोबल आइएमई बैंक लिमिटेडका ग्रहकले दिर्घायु गुरु अस्पताल एंव रिर्सच सेन्टरमा उपचार गराउदा १२ प्रतिशतसम्म छुट पाउने भएका छन् । दुई संस्थाबीच बुधबार भएको एक सम्झौता अनुसार अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने भएको हो
सम्भौतापत्रमा दिर्घायु गुरु अस्पताल एंव रिर्सच सेन्टरका प्रबन्ध निर्देशक सुरजबला श्रेष्ठ र ग्लोबल आइएमई बैंकका रेमिट्यान्स, कार्ड वितरण तथा बजार प्रर्वद्धन विभाग रविन्द्र ढकालले हस्ताक्षर गरेका हुन् । बैंकले उक्त हस्पिटलसँग ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको बताइएको छ ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याइरहेको जनाएको छ ।
सम्झौता पश्चात दिर्घायु गुरु अस्पताल एंव रिर्सच सेन्टर, चावहिलमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १२ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १३१ शाखा, १३४ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजस्व संकलन काउण्टर, १०० शाखारहित बैंकिङ्ग सेवा र देशबाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालयमाफर्त आफ्ना ९ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४