धनगढी- कञ्चनपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ। बिहीबार भीमदत्त नगरपालिका-५ बनगाउँमा भीमदत्त-५ कै सुकासालका ३५ वर्षीय प्रेमराज अवस्थीले चलाएको म२प २७६ नम्बरको मोटरसाइकल र भीमदत्त-१० का ३८ वर्षीय वीरेन्द्र चन्दले चलाएको म२प ८०२४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका चन्दको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। दुर्घटनामा अवस्थी पनि घाइते भएका छन्। उनको उपचार भइरहेको छ।