काठमाडौं- सामान्य अंकले नेप्से बजार घटेको छ । बुधबार नेप्से परिसूचक ०.८९ आंक घटेको छ । कारोबार १४ करोड ९१ लाख ९७ हजार ७९५ रुपैयाँको भएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) बजारमा आएका अधिकांश समूह रातो भएपछि परिसूचक घटेको हो ।
गएको दिन नेप्से कारोबार घटेको छ । नेप्से परिसूचक १.४६ अंक घट्दा कारोबार २१ करोड ३७ लाख ९१ हजार ३१५ रुपैयाँ भएको थियो । बुधबार परिसूचक ०.८९ अंक घटेर एक हजार १८७.३२ बिन्दुमा पुगेको छ ।
१६२ कम्पीहरुको ३ हजार १६७ शेयर ४ लाख ७४ हजार ८६१ पटक खरिद बिक्रीबाट १४ करोड ९१ लाख ९७ हजार ७९५ रुपैयाँ बराबरको शेयर कारोबारको भएको छ । ‘क’ वर्ग कम्पनीको मापन गर्ने सेन्सेटीभ इण्डेक्स समेत ०.१५ प्रतिशत घटेर २५०. ५० अंकमा पुगेको छ ।
जसमा सबैभन्दा बढी लाईफ इन्स्योरेन्सको २२.३६ अंक घटेको छ । त्यसपछि उत्पादनमुलक समूहको परिसूचक ९.२३, ननलाईफ इन्स्योरेन्स समूहको परिसूचक ४.२१ अंक घटेको छ । यीसँगै बैंकीङ, विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स समूहको परिसूचक घटेको छ ।
होटल, हाइड्रोपावर र अन्य समूहको परिसूचक भने बढेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४