आइतबार, असोज १८, २०८३

खोटाङ समाज हङकङद्वारा स्वास्थ्य सामग्री सहयोग

खोटाङ समाज हङकङद्वारा स्वास्थ्य सामग्री सहयोग
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

काठमाडौं- खोटाङ समाज हङकङले खोटाङ जिल्लाका सबै स्थानीय तहलाई ९ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। विश्वभर फैलिएको कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्या‍उन समाजले दुई नगरपालिका र आठ गाउँपालिकालाई शनिबार ९ लाख ५२ हजार ५६ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।

खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषको समन्वयमा खोटाङ समाज हङकङले चार थान अक्सिजन सिलिण्डर, स्यानिटाइजर स्प्रे, पिपिइ, फेससिल्ड, पल्स अक्सोमिटर, थर्मलगन, गाउन, सर्जिकल ग्लोब्स, ह्याण्ड स्यानिटाइजर, स्ट्रेचर, ह्वीलचेयरलगायतका सामग्री उपलब्ध गराएको जनाइएको छ। जिल्लाका सबै स्थानीय तहमा पठाउने गरी समाजका सदस्य धर्मराज राईले जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवं अस्पताल विकास समितिका अध्यक्ष बबि चाम्लिङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे।

खोटाङमा जन्मिएर हाल हङकङमा बसिरहेकाहरूले स्थापना गरेका समाजको अगुवाइमा हङकङमा सञ्चालन गरिएको सहयोग अभियानका क्रममा जम्मा भएको रकमबाट काठमाडौँमा स्वास्थ्य सामग्री खरिद गरेर जिल्ला ल्याइएको समाजका सदस्य राईले उल्लेख गरे। समाजमा आबद्ध खोटाङेले आफ्नो मातृभूमिका लागि उपलब्ध गराएको स्वास्थ्य सामग्री जिल्लाका हरेक स्थानीय तहमा करिब रु ९०/९० हजार बराबरको पुग्ने अनुमान गरिएको छ।

यसअघि खोटाङ सेवा समाज युके (बेलायत)ले जिल्ला अस्पताल खोटाङ र स्थानीय तहलाई दुई चरणमा स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो। ‘अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ भन्ने नाराका साथ समाजले रु २४ लाख ६० हजार २०० रकमको स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।

पहिलो चरणमा थर्मलगन, कन्सन्ट्रेटर मेसिन, पल्स अक्सोमिटर, इन्ट्युवेशन सेट, अक्सिजन मास्क, सक्सन ट्युब, गाइड्लर एरवेज, थ्रीवएज अक्सिजन कारमेला र दोस्रो चरणमा पोर्टेबल एक्सरे मेसिन, प्यासेन मनिटर, स्टाण्ड माउन्टेड, एन्टिजेन टेस्ट कीटलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको समाजका सदस्य जानुका राईले जानकारी दिइन्।

समाजका अध्यक्ष डा प्रमोद कोयी राईले भर्चुअल माध्यमबाट एक कार्यक्रम गरी खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा र जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलको रोहबरमा जिल्ला कोभिड अस्पताल र स्थानीय तहलाई स्वास्थ्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्। 

दश स्थानीय तह रहेको जिल्लामा हाल कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन घट्दै गएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी) खोटाङले  जनाएको छ। डिसीसिएमसीका अनुसार गत वैशाखयता दुई हजार ५१४ जनालाई सङ्क्रमण देखिएको जिल्लामा हाल ३६९ जना सक्रिय सङ्क्रमित रहेका छन्।

पूर्वी पहाडी जिल्ला खोटाङमा जिल्ला प्रशासनले निषेधाज्ञा लागू गरेको छैन। निषेधाज्ञाले जिल्लामा निर्माणाधीन विकास निर्माणका काममा समस्या हुनुका साथै विभिन्न विकृति फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू नगरेको हो। सरकारले ठूला शहर तथा बजारमा ५०० र पहाडी जिल्लामा २०० सक्रिय सङ्क्रमित भएको खण्डमा निषेधाज्ञा लागू गर्न निर्देशन दिएको थियो। जिल्लामा निषेधाज्ञा लागू नगरिए पनि सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गरिएको प्रमुख जिल्ला अधिकारी एवं डिसीसिएमसीका संयोजक शर्माले बताए।

प्रकाशित: Aug 08, 2021| 07:17 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...