सोमबार, साउन २५, २०८३

काठमाडौंमा बिहानै वर्षा, आज कस्तो रहला देशभरको मौसम?

शुक्रबार बिहानैदेखि काठमाडौं उपत्यका लगायत विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
 |  शुक्रबार, जेठ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ६, २०७९

काठमाडौं- शुक्रबार बिहानैदेखि काठमाडौं उपत्यका लगायत विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

नेपालमा चलिरहेको स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको समेत प्रभावले नेपालमा वर्षा भइरहेको मौसन पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था  रहेको महाशाखाको भनाइ छ ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली  रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र अन्य प्रदेशका पहाडी भूभागका धेरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग हावा हुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशखाको भनाइ छ।

आगामी २४ घन्टामा प्रदेश १, मधेश  प्रदेश, बागमती  प्रदेश, गण्डकी  प्रदेशमा र अन्य प्रदेशका पहाडी केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित: May 20, 2022| 06:38 शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।