बुधबार, असार ३१, २०८३

प्रदेश १ मा भोलि सार्वजनिक विदा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रदेश नम्बर १ अन्तर्गतका १४ जिल्लामा भोलि (बिहीबार) सार्वजनिक विदा दिने भएको छ। विश्व आदिवासी जनजनति दिवसको अवसरमा  प्रदेश १ सरकारले भोलि विदा दिने निर्णय गरेको हो । 

केन्द्र सरकारले दिदै आएको विदा कटौति गरे पछि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गर्दै सार्वजनिक बिदाबारे निर्णय गरेको हो। 

तर, प्रदेश नम्बर १ का जिल्ला प्रशासन कार्यालयहरुले प्रदेश सरकारले बिहीबारका लागि घोषणा गरेको सार्वजनिक विदा अवज्ञा गर्ने तयारी गरेका छन् । आफूहरु संघीय सरकार मातहतको निकाय भएको र गृह मन्त्रालयले निर्देशन नदिएसम्म कार्यालय बिदा नगर्ने उनीहरुले तयारी गरेका हुन् । 

प्रदेश नम्बर १ मा सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, उदयपुर, सुनसरी, मोरङ र झापा जिल्ला पर्छन्।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।