गुल्मी- आफैँले पढाउने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ परेका छन्। गुल्मी जिल्ला सत्यवती गाउपालिकास्थित सत्यवती माविमा कक्षा ६ मा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।
नेपाल शिक्षक संघठन, सत्यवतीका अध्यक्ष प्रकाश भट्टराई र शिक्षक नीलकण्ठ बस्यालले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको भन्दै उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
बिहीबार बिहान इलाका प्रहरी कार्यलय जोहाङमा उजुरी परेपछि आरोपित शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय गुल्मीका डिएसपी माधवराज खरेलले जानकारी दिए। उनीहरुमाथि थप अनुसन्धानको लागि जिल्ला सदरमुकाम झिकाइएको छ।