आइतबार, वैशाख १६, २०८१

देउवाले टिकट खोसे पनि अधिकारी यसरी बने कांग्रेसकै मेयर

कतिसम्म भने माओवादीका उम्मेदवार बुढाथोकीले अधिकारीलाई सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको डर समेत देखाउन भ्याएका थिए। देउवा र पौडेलले अधिकारीलाई भेटेर उम्मेदवारी ब्याक गराइछाड्ने दाबी सहित उनले प्रचारप्रसारमा दुःख नगर्न भनिरहन्थे।
 |  बिहीबार, जेठ ५, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बिहीबार, जेठ ५, २०७९

काठमाडौं– सर्लाहीको लालबन्दी नगरपालिकाको मेयरमा निर्वाचित भएका वासुदेव अधिकारीको चुनावी अनुभूति देशभरका उम्मेदवारको भन्दा अलि फरक छ। त्यसो हुनुमा टिकट फाइनल भएदेखि अन्तिम परिणाम सार्वजनिक हुँदाका बखतसम्म जोडिएका अनेक आयाम कारक छन्।

triton college

बिहीबार नेपाल समयले अधिकारीलाई टेलिफोनमा सोध्यो– उम्मेदवारी कायम राख्नै संघर्ष गर्नुभएको थियो? जित निकाल्दा कस्तो अनुभूति भइरहेको छ? जवाफमा अधिकारी बोलेनन्, बरु लामो हाँसो हाँसे। सायद लालबन्दीको मेयरमा निर्वाचित भएपछि पिँजडामा कैद चरी उन्मुक्त हुँदा जस्तो हुन्छ, उनको मानसपटलमा पनि त्यही अनुभूति भइरहेको थियो। नहोस् पनि कसरी, आखिर पार्टी सभापति शेरबहादुर देउवा नै उनको उम्मेदवारी खोस्न तल्लिन थिए। कहिले देउवाको चिठ्ठीको दबाब उनीमाथि पर्थ्यो, त कहिले सत्ता गठबन्धन दलका नेताहरुको व्यंग्यको सामना गरिरहन पर्थ्यो। उम्मेदवारीको सन्दर्भमा उनी मतदाताका प्रश्नको घेरामा पनि बेलाबेला पर्ने गर्थे। 

यसो हुनुको पछि सत्ता गठबन्धनका दलहरुबीचको चुनावी तालमेल, पार्टीको कच्चा निर्णय कारक थियो। वैशाख ११ गते मनोनयन दर्ता गर्नुअघि उनलाई सर्लाही कांग्रेसले सभापति देउवाको हस्ताक्षर सहितको टिकट दिएको थियो। पार्टीको नगर समितिको सिफारिस, जिल्ला हुँदै प्रदेशबाट उनी लालबन्दीको मेयरका उम्मेदवार फाइनल भएका थिए। प्रदेशको निर्णय अनुसार नै देउवाको हस्ताक्षर सहितको पत्र अधिकारीको हातमा परेको थियो। 

११ गते मनोनयन दर्ता गराएपछि अधिकारी चुनावी प्रचारमा निस्किए। तर, सत्ता गठबन्धनका दल खासगरी नेकपा माओवादी केन्द्रको ध्यान लालबन्दी नगरपालिकामा खिचिएको थियो। सत्ता गठबन्धनका दलहरुबीच लालबन्दीमा चुनावी तालमेल हुने र अधिकारीले उम्मेदवारी फिर्ता लिने गाइँगुइँ चल्न थालेका थिए। 

बिहीबार नेपाल समयले अधिकारीलाई टेलिफोनमा सोध्यो– उम्मेदवारी कायम राख्नै संघर्ष गर्नुभएको थियो? जित निकाल्दा कस्तो अनुभूति भइरहेको छ? जवाफमा अधिकारी बोलेनन्, बरु लामो हाँसो हाँसे।

वैशाख १६ गते साँझ पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो। उम्मेदवारी फिर्ता लिने समय सकिएपछि अन्तिम नामवली समेत प्रकाशित भइसकेको थियो। अधिकारी चुनावी प्रचारलाई थप सशक्त बनाउन छलफलमा जुटेका थिए। तर, अन्तिम नामवली प्रकाशित भइसकेपछि लालबन्दीमा एकाएक तरंग पैदा थियो। अधिकारीले हल्ला सुने– उम्मेदवारी फिर्ता लिन निर्देशन सहितको पत्र केन्द्रबाट आएको छ। लगत्तै उनले यसबारे बुझ्न थाले। ‘अन्तिम नामावली प्रकाशित भइसकेपछि तयारीलाई थप तीव्र बनाउनुपर्छ भनेर हामी छलफलमा जुट्यौं। तर, अनौठो चिठी आयो भन्ने हल्ला सुनियो। ५ बजेसम्म उम्मेदवारी फिर्ता लिनुपर्ने थियो। तर, केन्द्रबाट चिठी ५ः०६ बजे आएको रहेछ। जिल्ला सभापति निर्वाचन अधिकृतको कार्यालयमा पठाउँदा ६ः१६ भइसकेको थियो,’ अधिकारीले सुनाए, ‘आयोगसँग परामर्श गर्दा अन्तिम नामावली सार्वजनिक भइसकेको छ, अब अघि बढ्दा कुनै कानुनी अप्ठ्यारो पर्दैन भन्ने कुरा आयो।’ 

corrent noodles
Metro Mart

देउवाकै हस्ताक्षरमा पाप्त पत्रका आधारमा उम्मेदवारी दर्ता गराएका अधिकारी एकाएक देउवाविरुद्ध नै लाग्नुपर्ने स्थिति आइपर्यो। ‘जसको हस्ताक्षरमा प्राप्त भएको पत्रका आधारमा उम्मेदवारी दर्ता गराएको थिएँ। उसैले उम्मेदवारी फिर्ता लिन पत्र पठायो। उम्मेदवारी फिर्ता लिने समय पनि घर्किइसकेको अवस्थामा म आफ्नै सभापतिविरुद्ध जानुपर्ने स्थिति आइपर्यो,’ अधिकारी भन्छन्। 

अधिकारीको उम्मेदवारी फिर्ता गराउन देउवाले पत्र पठाएको हल्ला लालबन्दीमा भुसको आगो झैं फैलियो। कांग्रेस कार्यकतार्लले निर्वाचन अधिकृतको कार्यालय अघि पुगेर नाराबाजी नै गरे। अधिकारीलाई निर्वाचन अधिकृतले समय घर्किएपछि पत्र पाप्त भएकाले कानूनीरुपमा उम्मेदवारी फिर्ता नहुने बताए। 

कानूनीरुपमा उम्मेदवारी कायम भएपछि अधिकारी दृढ भएर प्रचारमा निस्किए। तर, उनलाई केन्द्रबाट पत्र पठाउने काम भने रोकिएन। दिन बिराएर पत्र आउने गरेको उनी बताउँछन्। ‘नेकपा माओवादी केन्द्रबाट मेयरको उम्मेदवारी दर्ता गराउनुभएका प्रल्हाद बुढाथोकीलाई समर्थन गर्न दिन विराएर पत्र आउँथे। त्यो क्रम २९ गतेसम्म जारी रह्यो,’ अधिकारी भन्छन्।  

देउवाकै हस्ताक्षरमा पाप्त पत्रका आधारमा उम्मेदवारी दर्ता गराएका अधिकारी एकाएक देउवाविरुद्ध नै लाग्नुपर्ने स्थिति आइपर्यो। 

तर, दिन बिराएर आउने पत्रमा मेयरमा माओवादीलाई सहयोग गर्न भनिएको हुन्थ्यो। तालमेलको मोडल उल्लेख हुन्थेन। माओवादीलाई मेयरमा सघाउने हो भने उपमेयरमा के गर्ने, वडामा कसरी तालमेल गर्ने, केही उल्लेख हुन्थेन। पहिले नै माओवादी र नेकपा एकीकृत समाजवादीबीच तालमेल भइसकेको थियो। दुई दलको तालमेल अनुसार उपमेयरमा समाजवादीको भागमा परेको थियो। दुई दलबीच पहिलै भागवण्डा भइसकेको र केन्द्रको पत्रमा तालमेलको मोडालिटी उल्लेख नभएकाले पनि सर्लाही र लालबन्दीका नेता–कार्यकर्ताले केन्द्रको पत्रलाई वेवस्ता गरिरहे। त्यसो त अधिकारी संस्थापन इतर समूहसँग निकट छन्। त्यसकारण लालबन्दीमा कांग्रेस बलियो हुँदाहुँदा हुँदै पनि संस्थापन समूहले उनको टिकट खोस्न प्रयत्न गरेको आरोप पनि लाग्दै आएको छ। तर, सर्लाही कांग्रेसका संस्थापन समूहका नेताहरु पनि अधिकारीको पक्षमा उभिइदिए। त्यसले पनि अधिकारीको अडानमा टेको दिने काम गरेको थियो। पार्टीभित्रका समूहगत राजनीति भन्दा माथि उठेर सबै नेताहरुले अधिकारीको पक्षमा भएर केन्द्रको प्रतिवाद गरेका थिए।

निर्वाचित भएपछि मेयर अधिकारी र उपमेयर कल्पना पाख्रिन (दायाँ)
त्यसो त बुढाथोकी र माओवादी नेता–कार्यकर्ताले अधिकारीलाई प्रचार गरेर व्यर्थै दुःख पाइरहेको टिप्पणी समेत गर्थे। केन्द्रले पत्र पठाएर जसरी पनि ब्याक गराइछाड्ने भनेर माओवादीले अधिकारी र लालबन्दी कांग्रेसका नेता कार्यकर्तालाई हतोत्साही बनाउने प्रयास जारी नै राखेका थिए। ‘प्रल्हादजी र माओवादी पक्षधर साथीहरु तपाईंलाई चिठी आइहाल्छ। प्रचारप्रसार गरेर किन दुःख पाउनुहुन्छ भन्नुहुन्थ्यो। तर, म उहाँहरुको कुराबाट विचलित भइनँ,’ उनले भने, ‘उहाँलाई जवाफमा म कांग्रेसले चिठी लेख्दा हामीलाई लेख्छ नि, माओवादीलाई त लेख्दैन होला नि भन्थेँ। कांग्रेसमा दुःख त हामीले गरेका छौं, पार्टीमा हाम्रो योगदान छ। त्यसकारण उम्मेदवारी फिर्ता लिन्नँ भनेर अडान लिइरहेँ। सुरुसुरुमा प्रचारका लागि गाउँ जाँदा साथीहरुले त्यही चिठीको कुरा निकालेर आशंका व्यक्त गर्नुहुन्थ्यो। दुई चार दिन अलि टेन्सन पनि भयो। तर, केही दिनपछि मतदातामा भ्रम चिर्न हामी सफल भयौं।’ 

त्यसो त बुढाथोकी र माओवादी नेता–कार्यकर्ताले अधिकारीलाई प्रचार गरेर व्यर्थै दुःख पाइरहेको टिप्पणी समेत गर्थे। केन्द्रले पत्र पठाएर जसरी पनि ब्याक गराइछाड्ने भनेर माओवादीले अधिकारी र लालबन्दी कांग्रेसका नेता कार्यकर्तालाई हतोत्साही बनाउने प्रयास जारी नै राखेका थिए।

पार्टीमा ४० वर्ष दुःख गरेको र ७० वर्षको उमेरमा टिकट पाएकाले कारबाही भोग्न तयार हुने तर उम्मेदवारी फिर्ता नलिने अडान उनले छाडेनन्। जिल्ला र नगरका नेताहरुले पनि निरन्तर दबाब खेप्नु परेको थियो। जिल्ला सभापति सुरेन्द्र सिंह, नगर सभापति प्रशान्त आचार्य लगायतका नेताहरुले ठूलो दबाब झेल्नु परेको थियो। तर, अधिकारीले कारबाही भए आफूले भोग्ने, तर नेता–कार्यकर्तालाई कारबाही भोग्न नदिने बताइरहे। दबाब झेल्न नसक्ने अवस्था आइपुग्दा जिल्लाका धेरै नेताहरुले फोन अफ गरेर बस्नुपरेको अधिकारी सुनाउँछन्। 

कतिसम्म भने माओवादीका उम्मेदवार बुढाथोकीले अधिकारीलाई सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको डर समेत देखाउन भ्याएका थिए। देउवा र पौडेलले अधिकारीलाई भेटेर उम्मेदवारी ब्याक गराइछाड्ने दाबी सहित उनले प्रचारप्रसारमा दुःख नगर्न भनिरहन्थे। ‘प्रचारप्रसार तीव्र बनाउँदा तपाईं व्यर्थै दुःख गरिरहनुभएको छ। केही दिनपछि शेरबहादुर र रामचन्द्र यहाँ आउँदै हुनुहुन्छ। तपाईसँग कुरा गर्नुहुन्छ सम्म माओवादीका साथीहरुले भने,’ उनले सुनाए, ‘मैले ती साथीहरुलाई दुवै नेतासँग कुरा गर्न तयार छु, तर उम्मेदवारी फिर्ता लिन तयार छैन भनेर जवाफ दिएँ। पार्टीमा ४० वर्ष दुःख गरेको छु। ७० वर्षको उमेरमा टिकट पाएको छु। एककटक नगरको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा थियो। राजमार्ग क्षेत्रमा कांग्रेसको बलियो उपस्थिति देखाउन दृढ थिएँ। त्यसकारण ब्याक हुने कुरै रहेन।’

वैशाख २६ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्लाही पुगेका थिए। चुनावी प्रचारका क्रममा सर्लाही पुग्दा प्रचण्डले लालबन्दीको प्रसंग समेत निकाले। त्यसक्रममा प्रचण्डले दिएको अभिव्यक्तिले अधिकारी मात्रै होइन धेरै आश्चर्यमा परेका थिए। प्रचण्डले चुनावी तालमेलमा भाँजो हाल्नेलाई छानविन गरेर कारबाही गर्ने धम्की दिन भ्याएका थिए। ‘प्रचण्ड यहाँ आनुभएको थियो। उहाँले भन्नुभएछ यहाँ उम्मेदवार बन्नुभएको साथी र शेरबहादुरजी दुवैको गल्ती छैन। तर, तालमेल हुन नदिन कसले खेलिरहेको छ, त्यसलाई छानविन गरेर कारबाही गरिन्छ,’ अधिकारी भन्छन्, ‘म अचम्ममा परेँ। कांग्रेसका मान्छेलाई प्रचण्डले छानविन समिति बनाएर कारबाही गर्ने? सुहाउँदो र पत्याउने कुरा पो गर्नुपर्छ।’ 

कतिसम्म भने माओवादीका उम्मेदवार बुढाथोकीले अधिकारीलाई सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको डर समेत देखाउन भ्याएका थिए। देउवा र पौडेलले अधिकारीलाई भेटेर उम्मेदवारी ब्याक गराइछाड्ने दाबी सहित उनले प्रचारप्रसारमा दुःख नगर्न भनिरहन्थे। 

पार्टीको केन्द्रबाटै सिर्जित चुनौति र अन्योललाई चिरेर मेयरमा निर्वाचित भएपछि उनलाई अहिले एउटा युद्ध जितेको अनुभूति भइरहेको छ। ‘आज मलाई एउटा ऐतिहासिक चुनौतीको समाना गर्न सफल भएँ जस्तो लागेको छ। लोकतन्त्र प्राप्तिपछि सर्लाहीको राजमार्ग क्षेत्रमा कांग्रेसको उपस्थिति थिएन। यो पटक चाहिँ म राजमार्ग क्षेत्रमा कांग्रेसको विरासत फिर्ता ल्याउँछु भनेर दृढताका साथ लागेको थिएँ,’ उनी सुनाउँछन्, ‘अनेक खालका दबाब र दुष्प्रचारसँग जुधेपनि हाम्रो मनोवल गिरेन। उच्च मनोवलका साथ हामी मैदानमा खटियौं र यो सफलता प्राप्त भएको छ।’ 

पार्टीभित्रकै चुनौति चिरेका अधिकारी ९ हजार ५६१ मत ल्याएर विजयी भए। उनका निटकतम प्रतिस्पर्धी एमालेका गोविन्दबहादुर महतले ७ हजार ८८३ मत प्राप्त गर्दा माओवादीका बुढाथोकीले ६ हजार १७५ मत प्राप्त गरे। उपमेयरमा पनि कांग्रेसकै कल्पना माया पाख्रिन ८ हजार ८५० मत ल्याएर विजयी भइन्। 

‘वडामा बहुमत ल्याउन सकिएन। ७ वडा र उपमेयर जित्यौं। तर, यो निर्वाचनले मलाई पार्टीभित्रको चुनौती कसरी सामना गर्ने भनेर राम्रोसँग सिकायो। पार्टीमा आवद्ध कांग्रेसका सबै साथीहरुको ऐक्यवद्धता प्राप्त भयो। त्यो नै मेरो शक्तिको स्रोत बन्यो,’ उनी भन्छन्, ‘केन्द्रीय नेताहरुले बधाई त दिनुभएको छैन। तर जिल्लाका नेताहरु उत्साही र खुसी हुनुभएको छ।’ 

अधिकारीले उम्मेदवारी फिर्ता लिन निरन्तर दबाब दिएका बुढाथोकीलाई बिहिबार बिहानै भेटे र हात मिलाएर छुट्टिए। ‘बिहान मैले प्रल्हादजीसँग भेटेँ, हात मिलाएँ। उहाँले बधाई दिँदै धन्यवाद भन्नुभयो,’ अधिकारी भन्छन्, ‘अर्काको संगठनको लोभ गरेर राजनीति गर्न खोज्नुलाई म कमजोरी ठान्छु। हाम्रा केन्द्रीय नेताहरुलाई मेरो जितले केही न केही सन्देश पक्कै दिएको छ। हाम्रा कमजोरीका कारण कति ठाउँ गुमाइएको रहेछ भन्ने महसुस उहाँहरुले गर्नुहोला।’ 

मेयरमा निर्वाचित भएपछि सबैको साझा बनेर काम गर्ने उनको सोच छ। सबै राजनीतिक दल र जनताको विश्वास जितेर नमुना लालबन्दी बनाउने योजना उनी सुनाउँछन्। ‘हिजो जे चुनौति थिए, त्यसलाई सामना गरेर म विजयी भइसकेको छु। त्यसकारण अब म पार्टीभन्दा माथि उठेर सिंगो नगरको साझा मेयरका रुपमा काम गर्नेछु। खासगरी शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकतामा दिन्छु,’ उनी भन्छन्, ‘खोला कटान लगायतका समस्यालाई मास्टर प्लान बनाएर अघि बढ्छु। मैले सवै वडाका समस्यालाई एकिकृत गरेर दिर्घकालिन योजना बनाएर काम गर्ने सोच बनाएको छु। यहाँका कम्युनिस्ट मित्रहरुसँग पनि मेरो ४० वर्षदेखिको सम्बन्ध छ। सबैलाई साथमा लिएर नमुना लालबन्दी बनाउने मेरो योजना छ।

प्रकाशित: May 19, 2022| 18:36 बिहीबार, जेठ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...