बुधबार, असार ३१, २०८३

म्याद थपका लागि प्रकाण्ड अदालत पेश 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाठौं- चन्दा आतंक मच्चाएको अभियोगमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई अदालत पेश गरेको छ। 

थप अनुसन्धानका लागि समय आवाश्यक परेको भन्दै  महानगरिय प्रहरी परिसर काठमाडौंले जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि पेश गरेको हो । प्रहरीले उनलाई काठमाडौंको चाल्नाखेलबाट मंगलबार राती पक्राउ गरेको थियो । 

उनी माथि विभिन्न व्यक्तिहरुबाट ७ करोड भन्दा बढि रकम चन्दाका रुपमा उठाएको र २ करोड उनको व्यक्तिगत खातामा देखिएपछि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको स्रोतले जनाएको छ । उनीलगायत विप्लव समुहका विभिन्न व्यक्तिमाथि प्रहरी शुक्ष्म अनुसन्धान गर्दै आएको  छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।