बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रकाण्ड पक्राउ परेपछि विप्लवले गरे नेपाल बन्दको घोषणा

प्रकाण्ड पक्राउ परेपछि विप्लवले गरे नेपाल बन्दको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- आफ्ना नेता पक्राउ परेको विरोधमा  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

मंगलबार पार्टी प्रवत्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेपछि आक्रोशित बनेको विप्लव समुहले ५ दिने आन्दोलनको घोषणा गरेको हो । 

विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै २५ देखि २९ सम्मका विरोधका कार्यक्रम गर्ने घोषणा गरेका हुन्  । साउन २५ गते देशव्यापी कोणसभा, २६ गते विरोधसभा, २७ गते भण्डाफोर, २८ गते मसाल जुलुस र २९ गते नेपाल बन्दको कार्यक्रम गर्ने  विज्ञप्तिमा जनाइएको छ । 

विप्लवले प्रकाण्डलाई विनाकारण पक्राउ गरेको भन्दै निशर्त रुपमा छाड्न समेत माग गरेका छन् । तत्काल प्रकाण्डलाई नछाडे प्रतिरोधमा उत्रिने चेतावनी दिदै उनले त्यसबाट उत्पन्न परिस्थितीको सम्पूर्ण जिम्मा सरकारले लिनु पर्ने उल्लेख गरेका छन् । 
 
विप्लवले जारी गरेको विज्ञप्ति


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।