आइतबार, चैत ८, २०८२

सोमालियाको पहिलो महिला राष्ट्रपति बन्ने प्रयास

उम्मेद्वारमध्ये कोहि पूर्व राष्ट्रपति छन्, कोहि पूर्व प्रधानमन्त्री। सोहि दौडधुपमा सोमालियाकी एक मात्र महिला उम्मेद्वार पनि छिन्- फौजिया युसुफ एडम।
 |  मंगलबार, कात्तिक १४, २०७४

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०७४

सोमालियामा धेरै प्रतिक्षा गरिएको राष्ट्रपतिय निर्वाचन आगामी आइतबार सम्पन्न हुँदैछ। निर्वाचनमा ३९ उम्मेद्वार छन्।  उम्मेद्वारमध्ये कोहि पूर्व राष्ट्रपति छन्, कोहि पूर्व प्रधानमन्त्री। सोहि दौडधुपमा सोमालियाकी एक मात्र महिला उम्मेद्वार पनि छिन्- फौजिया युसुफ एडम।

National life

उनी विधायिका हुन् अनि प्रसिद्ध महिला अधिकारकर्मी अधिवक्ता पनि- जसले देशकै प्रथम महिला उपप्रधान तथा वैदेशिक मामिला मन्त्री समेत बनेर ईतिहास रचिसकेकी छिन्।

सोमालियामा राष्ट्रपतिय निर्वाचन एक-डेढ वर्ष पहिले नै हुनुपर्ने थियो। राजनीतिक संकट तथा अस्थिरता एवम् अल-कायदा निकट आतंकवादी समुह अल-शबाबले निम्त्याएको खतराका कारण सो निर्वाचन समयमा पूरा हुन नसकेको हो। 

अनतर्राष्ट्रिय मुद्रा कोषजस्ता दातृ निकायहरुले १७ मे भरीमा निर्वाचन सम्पन्न गर्न निर्देशन दिएका थिए। त्यस्तो नभए सोमालियाले प्राप्त गर्ने सहयोग गुमाउनसक्ने चेतावनी समेत दिएका थिए। तर दिइएको अन्तिम मितिभन्दा केहि दिन ढिलो भए पनि अन्ततः सोमालियामा राष्ट्रपतिय निर्वाचन सम्पन्न हुने भएको छ।

सोमालियाको अनौठो निर्वाचन प्रक्रियाअनुसार जनताले मत भने खसाल्दैनन्। हरेक समुदायबाट संसदका लागि एक प्रतिनिधी छानिन्छ। अनि त्यसरी नै अप्रतक्ष ढङ्गबाट राष्ट्रपति पदका लागि चुनाव हुन्छ।

Laxmi sunrise bank
kumari

सोमालियामा ३२९-सदस्यीय संसद हुन्छ, जसबाट प्रादेशिक विधायकद्वारा ५४ जना सिनेट चुनिन्छन्। सिनेट सदस्यले ५ प्रदेशको प्रतिनिधित्व गर्छन्। प्रादेशिक विधायकहरुलाई भने समुदायका बुज्रुक तथा मान्ने-गुन्नेहरुले छानेको प्रतिनिधीमण्डलले चुन्ने गर्छ। यसरी छानिँदै आएको प्रतिनिधीमण्डलले राष्ट्रपति निर्वाचित गर्ने गरेको छ। त्यसरी छानिएका राष्ट्रपतिले आफ्नो ४-वर्षे कार्यकाल भर राष्ट्र प्रमुखको जिम्मेवारी निभाउनुपर्दछ।

केहि अपवादहरु बाहेक सोमाली राजनीति तथा कार्यालयहरुमा महिलाको अनुहार विरलै देख्न पाइन्छ।

तर फौजियाले यी सबै पौराणिक संस्कृति र सोचको क्रान्ति गर्दै अहिले ३८ पुरुषका विरुद्ध लड्ने भएकी छिन्।

प्रस्तुत छ अल जजिरासँग फौजियाको संवादः

अल जजिराः तपाईँलाई सोमालियाको राष्ट्रपतिय निर्वाचनमा उम्मेद्वार बन्ने जोस कहाँबाट प्राप्त भयो?

युसुफः  खास कुरा के हो भने, म उपप्रधानमन्त्री, का.मु. प्रधानमन्त्री र विदेशमन्त्री हुँदा के महसुस भयो भने म योभन्दा माथिल्लो दर्जामा पुगेँ भने राष्ट्र र जनताका लागि अझ बढि केहि गर्न सक्छु अनि मेरो दिमागमा म अझ ठूलो पदमा पुगिन भने केहि उपलब्धी हासिल गर्न सक्दिन भन्ने सोच पलायो।

सोमालियाको निरन्त्तर युद्ध र जनताप्रति असल लोकसेवाको कमीका कारण पनि मलाई यस क्षेत्रमा आउन जोस चलेको हो।

सोमाली महिला, बालबालिका र शरणार्थीका अनुहारमा प्रस्ट झल्किने वेदनालाई पनि मेले बुझेँ। अरु देशहरु कति अघि बढिसक्दा पनि हामी द्वन्द्वकै चपेटामा बेरिएका छौँ। हामीसँग प्राकृतिक श्रोत साधनको कमी छैन तर पनि हामीले बिकासको ‘ब’ समेत देखेका छैनौँ।

अल जजिराः निर्वाचन जितेको खण्डमा तपाईँका योजना के-कस्ता रहेका छन्?

युसुफः यदि मलाई सोमालियाको रााष्ट्रपतिका रुपमा निर्वाचित गरियो भने सर्वप्रथम म विधीको शासन लागु गर्न तर्फ लाग्नेछु। संविधान पूरा गरी त्यसको सही रुपमा पालना गर्नेछु। देशमा स्थिरताको खाँचो छ। सोमालियाको राष्ट्रिय सेनालाई अझ बलियो बनाउन तर्फ लाग्नेछु।

देशको अर्थतन्त्र उठाउने मेरो पहिले प्राथमिकता हुनेछ। जसका निमित्त औद्योगिक बिकासको खाँचो छ। सोमालियामा अफ्रिकाकै सबैभन्दा लामो तट छ, हामीसँग आर्थिक बृद्धीका लागि श्रोत साधन प्रशस्तै छन्, कृषी छ, माछा पालन छ। म यिनको आधुनिकिकरण गरी देशमा रोजगारको निर्माण गर्नेछु अनि देश गरिबीबाट मुक्त हुनेछ।

सहि गणतान्त्रीक अभ्यासका लागि समुदाय-आधारित निर्वाचनको अन्त्य गर्नु पनि मेरो एउटा लक्ष हो।

सार्वजनिक सेवाका बारे कुरा गर्ने हो भने, म देशभर निःशुल्क स्वास्थ्य सेवा तथा शिक्षा प्रदान गर्नेछु। अनि मेरो प्रशासनमा भ्रस्टाचार कदापि रुचाइने छैन, साथै महिला तथा बालबालिकाका हक-अधिकार नजरअन्दाज गरिने छैन।

अल जजिराः तपाईँका विचारमा सोमालिया कहाँ चुकेको हो?

युसुफः सामान्यतया, विश्वका धेरै देशहरुमा जनयुद्ध भइरहन्छन्। तर सोमालियाका हकमा भने युद्धको अन्त्य भइसक्दा पनि मेलमिलाप हुन सकेन। जसले आतंकवादी समुहलाई मनपरी गर्ने अवसर दियो। सही गणतान्त्रीक अभ्यासको कमीले पनि सोमालियामा राजनीतिक अस्थिरतालाई जन्म दिएको हो जस्तो मलाई लाग्छ।

अल जजिराः हाल, खडेरी तथा जलवायु परिवर्तनले पनि सोमालियामा नकरात्मक असर पुर्याइरहेको छ। तपाईँले यसको समाधान कसरी गर्नुहुनेछ?

युसुफः मेरो बुझाई अनुसार वन फडानी यहाँको खडेरी र जलवायु परिवर्तनको मुख्य कारण हो। मौका मिले म वातावरण सम्बन्धी कडा नीतिको निर्माण गर्नेछु। खडेरी सुल्झाउनलाई ‘क्लाउड सीडिङ’ एक आधुनिक प्रणाली हो अनि यो पनि मेरो भावी योजनाको एक पाटो हो। अधि भनेजस्तै, कृषी आधुनिकिकरण गरेर म मेरा जनतालाई भोकै रहन दिने छैन।

अल जजिराः सोमालियाका मुुख्य चुनौती असुरक्षा बनेको छ। यस विषयलाई तपाईँले कसरी लिनु हुनेछ?

युसुफः म विश्वस्त छु हामी अल-शबाबसँग वार्ता गरेर सहमतीमा आउन सक्छौँ।

अल जजिराः तपाईँ यस दौडमा एक मात्र महिला प्रतिस्पर्धी हुनुहुन्छ। तपाईँ आफूलाई अन्य प्रतिद्वन्द्वीभन्दा भिन्न कसरी ठान्नुहुन्छ? तपाईँलाई लाग्छ कि अन्य पुरुष प्रतिद्व्न्द्वी हुँदाहुँदै सामाजिक प्रतिरोधले तपाईँलाई विजेता बन्न दिनेछ?

युसुफः म अवश्य जित्नेछु, सोमाली महिलासँग अवसर दिएको खण्डमा केहि गरी देखाउने बल छ। मलाई थाहा छ महिलाको नेतृत्वमा सोमालिया सुन्दर अनि शान्त देश बन्नेछ।

म भिन्न छु किनभने मैले आँट गरेकी छु। म एक नेतृ हुँ जसलाई थाहा छ महिलाले केहि गर्न चाहे कसैले रोक्न सक्दैन। म सबै सोमाली महिलाका लागि प्रेरणा-पात्र बन्न चाहान्छु।

अल जजिराः नेतृत्वमा आउनलाई सोमाली महिलाहरुले भोग्नुपर्ने चुनौतीहरु के-कस्ता रहेका छन्?

युसुफः चुनौती थुप्रै छन्। सांस्कृतिक चुनौतीले महिलालाई बाँधेको छ। विश्वभर महिला नेतृहरु छन्। तान्जानियामा समेत महिला नेतृ छिन्। महिला प्रति धार्मीक तथा साँस्कृतिक भेदभाव सोमालियामा मात्र हुन्छ। यस देशको उन्नतिका लागि महिलालाई अगाडि सार्नै पर्छ।

प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।