आइतबार, मंसिर ७, २०८२

डिककको सतकप्रेरित जितसँगै लखनौको आइपिएल प्लेअफमा

यो वर्षबाट आईपीएलमा समावेश भएको लखनौं तालिकाको दोस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको हो।
 |  बिहीबार, जेठ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ५, २०७९

काठमाडौं- लखनौ सुपर जायन्ट पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को प्ले अफमा पुगेको छ। यो वर्षबाट आईपीएलमा समावेश भएको लखनौं तालिकाको दोस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको हो।

National life

प्ले अफमा स्थान बनाउने क्रममा लखनौंले कोलकत्ता नाइट राइडर्सलाई दुई रनले हराएको थियो। टस जितेर ब्याटिङ राजेको लखनौंले कुनै विकेट नगुमाई २१० रन बनाएको थियो। जवाफमा कोलकत्ताले २० ओभरमा आठ विकेट गुमाएर २०८ रन मात्र बनाउन सकेपछि लखनौंले जित निकालेको हो।

लखनौंको जितमा क्विन्टन डिकक नायक रहे। उनले ७० बलमा १० छक्का र १० चौकाको  सहयोगमा १४० रन बनाएका थिए। सँगै रहेका अर्का ओपनर के एल राहुलले ६८ रनको योगदान दिए। यी दुवैखेलाडी अविजित रहे।

कोलकत्ताका अन्द्रे रसेलले सबैन्दा खर्चिलो पारी खेले भने टिम साउथील पनि चार ओभरमा ५७ रन खर्चिएका थिए। जवाफमा कोलकत्ताले ९ रन बनाउँदै दुई विकेट खेर फालिसकेको थियो। तर त्यसपछि नितिर रानाले ४२ रन बाए भने कप्तान श्रेयस अयरले ५० रनको योगदान दिए। त्यस्तै, रिंकू सिंहले पनि ४० रनको योगदान दिए।

लखनौका मोसिन खान र मार्कस स्टोइनिसले समान ३–३ विकेट गिराए। यो जितसँगै आईपीएलको प्ले अफपुग्ने दोस्रो टिम भएको छ लखनौं। यसअघि गुजरात टाइटन्सले पनि प्लेअफमा स्थान बनाइसकेको छ। आईपीएलमा आज बैंगलोरले गुजरातको सामना गर्नेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 19, 2022| 09:13 बिहीबार, जेठ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।