काठमाडौं-११ वर्षका बालक निसान खड्काको अपहरणपछि हत्या गर्ने अपहरणकारीलाई इन्कान्टरमा मारिएको प्रहरीले दाबी गरेपनि यो घटनाको छानबिन गर्न माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन परेको छ ।
मुठभेड मारिएको भनिएका गोपाल तामाङ र अजय तामाङका परिवारले मानवअधिकार आयोगमा गएर निवेदन दर्ता गराएका हुन् ।
गोपालका आमाबुवा, बहिनी तथा अजयका बुबा निमा तामाङले संयुक्त रुपमा आयोजमा पुगेर निष्पक्ष छानबिन गरिदिन आयोगसमक्ष आग्रह गरेका छन् ।
काठमाडौं काँडाघारीका ११ वर्षका बालक खड्काको आइतबार राति अपहरण गरेका उनीहरुले राति नै हत्या गरेको अवस्थामा शव फेला परेको थियो । त्यसपछि प्रहरीले उनीहरुलाई मुठभेडमा इन्काउन्टरमा मारिएको दाबी गरिरहँदा परिवारका सदस्य भने आफूहरु अन्यायमा परेको भन्दै न्यायका लागि मानवअधिकार आयोगको ढोका पुगेका छन् ।
प्रहरीले पक्राउ गरेका दुवैजनालाई जंगलमा पुर्याएर हत्या गरेको आरोप परिवारको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४