बुधबार, असार ३१, २०८३

प्रदेश-३ का दुई मन्त्रीबीच चर्को विवाद

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रदेश-३ सरकारका दुई मन्त्रीबीच चर्को विवाद देखिएको छ।  उनीहरूबीच बोलचाल बन्द हुन मात्र बाँकी छ। 

स्रोतका अनुसार भौतिक योजना तथा शहरी विकास मन्त्री केशव स्थापित र अर्थ मन्त्री कैलाश ढुंगेलबीच चर्को विवाद भएको हो। दुवै मन्त्रीले मुख्यमन्त्रीपछिको मर्यादाक्रम दाबी गरेपछि विवाद चर्केको हो। सोही कारण मन्त्रीहरूको वरियताक्रमसमेत तोकिएको छैन। मर्यादाक्रम नतोकी प्रदेश सरकार चलिरहेको छ। 

अर्थमन्त्री ढुंगेलले प्रदेशको बजेट आफ्नो क्षेत्रमा मात्र केन्द्रित गरेको बताउँदै अरू सांसदसमेत रुष्ट बनेका छन् । यस्तै, प्रदेश सरकारले पार्टीसँग समन्वय नगरेको बताउँदै मुख्यमन्त्रीको आलोचना शुरु भएको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकी प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यलगायत नेतासँग कुनै समन्वय नगरेको बताउँदै मुख्यमन्त्री डोरमणी पौडेलको पनि आलोचना शुरु भएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।