बुधबार, असार ३१, २०८३

सार्वजनिक शौचालयको अभावमा नगर दुर्गन्धित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम-संघीय संरचना अनुसार प्रदेशको अस्थायी राजधानी भइसकेपछि जनकपुरमा विशिष्ठ व्यक्तिका साथै सर्वसाधारणको चाप व्हात्तै बढेको छ। दैनिक ठुलो संख्यामा काम विशेष लिएर पुग्नेहरुको संख्या बढ्दो छ । 

तर, सरोकारबाला निकायले सार्वजनिक शौचालय बनाउनतर्फ चासो नदिँदा फोहोर र दुर्गन्धित बन्दै गएको । सार्वजनिक शौचालय नहुँदा सडक छेउमा शौच गर्न बाध्य छन् सर्वसाधारण ।

असोजमा स्थानीय तह निर्वाचनको परिणाम आए लगत्तै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह हातमा झाडु बाकेर सरसफाइ गर्न सडकमा उत्रिए । र, उनलाई साथ दिएका निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुले। उपमहानगरपालिकाले स्वच्छ जनकपुरको परिकल्पना गर्दै तामझामका साथ जानकी मन्दिर प्रांङ्गणबाट हालै अभियानको शुरुवात समेत गरेको छ । 

नगर प्रमुख झैँ प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि झाडु बाकेर सडकमा हिँड्ने मौका गुमाएनन् । मुख्यमन्त्री राउतले पनि हातमा झाडु समाएर सरसफाइको सन्देश दिन खोजे । र, सञ्चारमाध्यमहरुले ग्राहयतामा राख्यो उक्त कार्यलाई ।

तर, अभियानको घोषणा र दुई दिन झाडु बोक्दैमा केहि नहुने यसका लागि समस्याको जडसम्म पुग्नुपर्ने आवश्यक्ता रहेको स्थानीयहरुले बताउन थालेका छन्, अहिले ।

व्यस्त र मानिसको अत्याधिक चाप रहने जनकपुरमा औँलामा गन्ती हुने संख्यामा सार्वजनिक शौचालय रहेको छ। यहाँ रहेका सार्वजनिक शौचालयको समेत सहि प्रयोग हुन नसक्दा फोहोर र दुर्गन्धका कारण नाक थुनेर हिँड्न बाध्य छन् सर्वसाधारण।

जनकपुर उपमहानगरपालिकाको जनक चोक पूर्व धनुषसागरको उत्तरी डिल र रामानन्द चोक गरी दुईटा मात्र सार्वजनिक शौचालय केहि हदसम्म प्रयोगमा छन् । उपमहानगरपालिका क्षेत्र भित्र कुल दशवटा सार्वजनिक शौचालय रहेको बताइएपनि अधिकांश काम नलाग्ने अवस्थामा छन् ।

धनुषसागरको डिलमा निर्माण गरिएको सार्वजनिक शौचालय निर्माण भएको करिब तीन वर्षपछि मात्र सञ्चालनमा आउन सकेको छ । त्यसअघि त्यो सार्वजनिक शौचालय वासस्थानको रुपमा प्रयोग हुँदै आएको थियो । 

सार्वजनिक शौचालयको अभाव र सरसफाइप्रति उपमहानगरपालिकाले प्रभावकारी रणनीति बनाउन नसक्दा मन्दिरकै पर्खाल छेउमा पिसाब गर्नेहरुको लामसमेत देखिने गरिएको छ । रामन्दिरको उत्तरतर्फको ‘पर्खालमा दिसापिसाब गर्न मनाही, यसो गरे जरिवाना हुने’ भनेर बोर्ड नै झुण्ड्याइएको छ । तर कसैले वास्ता गरेका छैनन् । र, उपमहानगरपालिकाले कारबाही नै गर्न सकेको छ, त्यस्ता व्यक्तिलाई ।

यसरी खुल्लास्थानमा पिसाब फेर्नु रहर नभएर बाध्यता रहेको बताउँछन् स्थानीय चन्दन मण्डल । सम्बन्धीत निकायले दिसापिसाब गर्न स्थान उपलब्ध नगराएपछि आफूहरुले के गर्ने उनको प्रश्न थियो ।

यहाँको सर्वसाधारणको चापको तुलनमा अहिले भएको सार्वजनिक शौचालय पर्याप्त नहरेको उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरु नै बताउँछन् । सरसफाइका लागि उपमहानगरपालिकाले रणनीतिक योजना तर्जुमा गर्न लागेको एक वडा अध्यक्षले बताए । ठोस र रणनीतिक योजना अनुसार अगाडी नबढे जनकपुरलाई सफा बनाउन समस्या हुने उनको भनाइ छ । उनका अनुसार उपमहानगरपालिकाले चाँडै नगर क्षेत्रमा आधुनिक सार्वजनिक शौचालय निर्माणको तयारीमा गरिरहेको छ ।

२०१७ डिसेम्बर सम्म धनुषालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिइएको थियो । जिल्लाका अधिकांश गाउँहरु खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसके पनि प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाले यो सौभाग्य प्राप्त गर्न सकेको छैन् । हाल सम्म यहाँको तीनवटा वडा मात्र खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुन सकेको छ, त्यो पनि उपमहानगरपालिकामा समावेश हुनु पूर्व । 

पहिलो चरणमा एक घर एक शौचालयको उद्देश्यका साथ शुरु गरिएको खुल्ला दिसामुक्त घोषणा अभियान जनकपुर उपमहानगरपालिकामा प्रभावकारी हुन नसकेको अभियानका तत्कालीन फोकल पर्सन विजय यादवले बताए । नयाँ संरचना अनुसार स्थानीय तहहरुले चासो नदिँदा अभियान सफल हुन नसकेको उनको भनाइ छ । एक तथ्यांक अनुसार जनकपुर उपमहानगरपालिका भित्र १३ प्रतिशत घरमा शौचालय प्रयोग भएको छैन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।