बिहीबार, वैशाख २०, २०८१

खानेपानीको मुद्दाले धरानमा उदाएको ‘लौरो’

स्वतन्त्र उम्मेदवार राईले ८ हजार १४० मत ल्याउँदा कांग्रेस उम्मेदवार ८ हजार १२६ मत ल्याएको देखिन्छ। त्यस्तै, पूर्व उपमेयरसमेत रहेकी एमालेकी मञ्जु भण्डारी सुवेदी हजार मतभन्दा धेरैको अन्तरले तेस्रो स्थानमा छन्।
 |  बुधबार, जेठ ४, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

बुधबार, जेठ ४, २०७९

काठमाडौं- धरान उपमहानगरपालिकामा पनि लौरा चुनाव चह्न पाएर मेयर  लडेका हर्कराज राईले राजनीतिक दलका उम्मेदवारहरुलाई पछि पारेका छन्। अहिले धरानको २० नम्बर वडामा विवाद भएपछि मतगणना स्थगित गरिएको छ।

triton college

धरान उपमहानगरपालिकामा १४ वटा वडाको मतगणना भइसकेको छ। यसबाहेक १ देखि ११, १७, १८ र १९ नम्बर वडाको मतगणना सकिएको छ। हालसम्म नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राईले अग्रता कायम गरिरहेका छन्। प्रतिस्पर्धी नेपाली कांग्रेस र एमाले पछिपछि छन्।

स्वतन्त्र उम्मेदवार राईले ८ हजार १४० मत ल्याउँदा कांग्रेस उम्मेदवार ८ हजार १२६ मत ल्याएको देखिन्छ। त्यस्तै, पूर्व उपमेयरसमेत रहेकी एमालेकी मञ्जु भण्डारी सुवेदी हजार मतभन्दा धेरैको अन्तरले तेस्रो स्थानमा छन्। 

हालसम्मको नतिजा हेर्दा धरानमा स्वतन्त्र उम्मेदवार हर्कराज राई र कांग्रेसको किशोर राईबीच नै प्रतिस्पर्धा हुने देखिन्छ। यद्यपि, १ देखि १२ नम्बरसम्म विशेषगरी कांग्रेसको पकड क्षेत्र नै मानिन्थ्यो। अब गणना हुन बाँकी रहेको १२ नम्बर वडा पनि कांग्रेसको राम्रो क्षेत्र हो। तर, ११ नम्बरसम्म गन्दा कांग्रेसले फराकिलो अन्तर बनाउन सकेको छैन। त्यसैले १२ नम्बरसम्म पुग्दा फराकिलो अन्तरमा अग्रता लिनसके मात्र कांग्रेसको जित्‍ने सम्भावना देखिन्छ। नत्र स्वतन्त्र उम्मेदवार राईले नै धरानको मेयरको बाजी मार्ने आँकलन भइरहेका छन्।

 वामपन्थी किल्ला मानिएको यो क्षेत्रमा अघिल्लो उपनिर्वाचनमा कांग्रेसले जितेको थियो भने यसपटक स्वतन्त्र उम्मेदवार राईको सम्भावना छ।

अहिले गणना भइसकेका मध्येको पनि ६ नम्बर वडा एमालेको पकड मानिन्थ्यो। तर, त्यसमा पनि कांग्रेसका बागी उम्मेदवार निर्वाचित भएका छन्। जबकी यसअघिका चुनावमा सिंगै कांग्रेस लाग्दापनि यो वडामा चुनाव जित्‍न सकेको थिएन। त्यस्तै, आफ्नो राम्रो वडा मानेको ५ नम्बरमा भने कांग्रेस यसपटक कमजोर देखियो।

corrent noodles
Metro Mart

गणना भइसकेका यसबाहेकका अन्य वडामा (१ देखि १२) भने कांग्रेसको राम्रै मत आउने क्षेत्र मानिन्थ्यो। त्यसैले पनि स्वतन्त्र उम्मेदवारसँगको निकटतम प्रतिस्पर्धी बनेको छ, कांग्रेस। बाँकी १२ नम्बर वडा पनि कांग्रेसको पकड क्षेत्र हो। यो वडासम्म पुग्दा कांग्रेसले अलि राम्रो अग्रता लिने र चुनाव जित्‍ने कांग्रेस नेताहरुको दाबी छ। 

अझै अगाडि जाँदा १४ नम्बर वडा पनि कांग्रेसको लागि सम्भावना रहेको ठाउँ भएको नेताहरुको दाबी छ। यो वडा विजयपुर क्षेत्रमा पर्छ, जुन पहिला कांग्रेसको राम्रो मत आउने ठाउँ थियो। तर, गत उपनिर्वाचनमा भने उक्त वडा कांग्रेसले गुमाएको थियो। त्यसबेला मेयर जित्दा कांग्रेसले यो वडा भने गुमाएको थियो।

यसबाहेक धरानमा राईहरुको जातिगत मतले पनि ठूलो अर्थ राख्छ। त्यो मत पनि यसपटक स्वतन्त्र उम्मेदवार र कांग्रेसबीच बाँडिने देखिन्छ। त्यसपछि १५ नम्बर वडाको मत निर्णायक हुनसक्ने धरान राजनीतिका कतिपय जानकारहरुको विश्लेषण छ। यो वडा मतदाताको हिसाबले सबैभन्दा ठूलो वडा हो। तर, यसमा पनि स्वतन्त्र उम्मेदवारले नै धेरै मत ल्याउने देखिन्छ। जानकारहरुकाअनुसार यो वडामा स्वतन्त्र उम्मेदवार राईले सबैभन्दा धेरै मेहनत गरेका छन्। यसमा एमालेको अत्याधिक मत काटिने देखिन्छ।

सरसर्ती हेर्दा धरान उपमहानगरपालिका जित्‍नेमा लौरो चिह्न लिएर चुनावमा होमिएका स्वतन्त्र उम्मेदवार राई नै देखिएका छन्। वामपन्थी किल्ला मानिएको यो क्षेत्रमा अघिल्लो उपनिर्वाचनमा कांग्रेसले जितेको थियो भने यसपटक स्वतन्त्र उम्मेदवार राईको सम्भावना छ। 

एमालेले पनि आफ्नै पकड रहेको यो क्षेत्रमा दह्रो उम्मेदवार उठाएका पाइँदैन। अहिले मेयरमा उठाइएकी भण्डारी उपमेयर रहँदै विवादित बनिसकेकी थिइन्। ०७४ को स्थानीय चुनावमा निर्वाचित मेयर डा.तारा सुब्बाको एक वर्षमै मृत्यु भएपछि कार्यवाहक मेयर भएकी उपमेयर मन्जु भण्डारीले कार्यालयका कर्मचारीलाई घरको काममा प्रयोग गरेको भन्दै विवादित बनिन्। कर्मचारीलाई आफ्नो घरको भान्से बनाउने देखि लिएर  नगरपालिकामा ३५ लाखको भोजभतेर गरेर अख्तियारी मिचेको भन्दै विरोध समेत भयो। जसको फाइदा गत उपनिर्वाचनमा कांग्रेसले उठाएको थियो। त्यसैले एमालेले पहिल्यै विवादित मान्छेलाई चुनाव लडाएर गल्ती गरेको कतिपयको विश्लेषण छ।

खानेपानीको समस्या समाधान गर्नेदेखि विभिन्‍न सामाजिक मुद्दामा अभियान चलाएका राई पटक-पटक प्रहरीको नियन्त्रणमा परेका छन्।

तर, स्वतन्त्र उम्मेदवार राई भने धरानमा चर्चित छन्। विशेषगरी धरानबासीले झेलिरहेको खानेपानीको समस्यालाई मुद्दा बनाएका उनले राम्रै मत पनि पाइरहेका छन्। ‘धरान खानेपानी व्यवस्थापन बोर्ड’का अुनसार धरानका बस्तीलाई दैनिक २ करोड ५० लाख लिटर पानी चाहिन्छ। तर, अहिलेसम्म १ करोड ६० लाख लिटर पानी मात्रै धरानमा उपलब्ध छ। 

यो समस्या समाधान गर्न १० वर्षअघि देखि नै विभिन्‍न संघसंस्थाले काम गरिरहेका छन्। करीब १० वर्ष अघि सुरु गरिएको खानेपानी परियोजनामा समेत २ अरब १६ करोड खर्च भइसकेको छ। उक्त समस्या अहिलेसम्म हल हुन सकिरहेको छैन। त्यसैले स्वतन्त्र उम्मेदवार राईको यही योजनाले सबैको ध्यान खिचेको देखिन्छ।

खानेपानीको समस्या समाधान गर्नेदेखि विभिन्‍न सामाजिक मुद्दामा अभियान चलाएका राई पटक-पटक प्रहरीको नियन्त्रणमा परेका छन्। यसअघिको चुनावमा पनि यस्तै मुद्दा लिएर उनी चुनावमा होमिएका थिए। उनले गत स्थानीय निर्वाचनमा जम्माजम्मी ४ सय मत पाएका थिए। यसपटक पनि चुनाव लड्दै गर्दा उनले धारा चुनाव चिह्न पाउनपर्ने माग राखेका थिए।  यद्पि निर्वाचन आयोगले भने उनलाई ‘लौरो’ थमाएको थियो। जनताले पनि धरानमा लौरोलाई नै पत्याएको देखिन्छ।

हुन त यसअघि नै स्वतन्त्रतर्फका उम्मेदवार हर्कराज राईलाई प्रतिस्पर्धीको रुपमा हेरिएको थियो। उनले असन्तुष्टहरुको मत तान्‍नसक्ने आँकलन त्यसबेलै गरिएको थियो। तर, यसरी मुलधारका राजनीतिक दललाई नै चुनौति देलान् भन्ने आँकलन कमैले गरेका थिए। सह–प्राध्यापक शर्माले चुनावको पूर्वसन्ध्यामा भनेका थिए, 'राप्रपाको लहर देखिएको छैन। हर्कराज साम्पाङ युवा माझ लोकप्रिय छन्। यहाँ प्रभावशाली नेतृत्वको अभाव छ। त्यसैले खानेपानीको एजेण्डा बोकेका हर्कले असन्तुष्टको मत आफनो पक्षमा पार्न सक्ने सम्भावना देखिन्छ।’

भयो त्यस्तै, अहिले स्वतन्त्र उम्मेदवार राईले जित्‍ने निश्चित प्राय: छ। योसँगै वामपन्थी इलाकाको रुपमा परिचित धरानमा यसपटक पनि उनीहरुको किल्ला भत्कने देखिन्छ। नेकपा माओवादी २०६३ सालमा संसद्‌मा प्रवेश गरेपछि पनि वामपन्थीहरुको नेकपा माओवादी र नेकपा एमाले दुई धारामा विभाजित भए। 

त्यसपछि बामपन्थीको एकल वर्चश्व धरानमा रहन सकेको थिएन। त्यस्तै, पछिल्लोपटक पनि दुवै वामपन्थी धार एक भएकै बेला कांग्रेसका तिलक राईले धरानको नेतृत्व कम्युनिस्टको हातबाट खोसेका थिए। यसपटक भने सामान्य स्थानीय मुद्दा बोकेको स्वतन्त्र उम्मेदवारले धरान उपमहानगर जित्‍ने देखिन्छ।

प्रकाशित: May 18, 2022| 21:41 बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...