मंगलबार, जेठ १, २०८१

उता विदेशमा चर्चा कमाउँदै थिइन्, यता क्यानले खोसिदियो पद

सीताको चर्चा विश्वका क्रिकेट समर्थकमाझ पुगिरहँदा नेपाल क्रिकेट संघ (क्यान)ले उनको उपकप्तान पद खोसिदिएको छ।
 |  बुधबार, जेठ ४, २०७९

विनय सापकोटा

विनय सापकोटा

बुधबार, जेठ ४, २०७९

काठमाडौं- दुबईमा अन्तर्राष्ट्रिय स्तरका महिला खेलाडी सहभागी भएको क्रिकेट फ्रेन्चाइज प्रतियोगिता ‘फेयरब्रेक इन्भिटेसनल’मा नेपालका दुई खेलाडी छनोट भए। नेपालीमहिला क्रिकेट टिमका कप्तान रुविना क्षेत्री र उपकप्तान सीता राना मगरले फेयरब्रेकमा अवसर पाएका थिए। 

triton college

प्रतियोगितामा सीता राना मगरको खेलले चर्चा पायो। सीताले टोर्नाडोड महिला टिमबाट खेल्ने भइन् भने रुविनाको भागमा बार्मी आर्मी परेको थियो। सीताले टोर्नाडोजबाट सातै खेल खेलिन्। ७ खेलमा उनले ४ विकेट मात्र लिइनन् उत्कृष्ट बलिङ गरेकी सीताले थप खेलाडीलाई रनआउट गर्न सहयोग गरिन्।

प्रतियोगितामा ‘पुष्पा र सलाम सेलिब्रेसन’ले चर्चा पायो। टिमलाई प्रतियोगिताको फाइनलसम्म पुर्‍याएकी उनले अन्तिम खेलमा चाहिँ विकेट लिन सकिनन्। तर टिमलाई विजयी बनाउन योगदान गरिन्।

सीताको चर्चा विश्वका क्रिकेट समर्थकमाझ पुगिरहँदा नेपाल क्रिकेट संघ (क्यान)ले भने उनको उपकप्तान पद नै खोसिदिएको छ। क्यानले आइतबार सूचना सार्वजनिक गर्दै इन्दु बर्मालाई उपकप्तानको जिम्मेवारी दिइएको जानकारी गराएको छ। क्यानले सीताबारे थप केही खुलाएको छैन। इन्दुलाई दिइएको उपकप्तानको जिम्मेवारी युगान्डाविरुद्धका पाँच खेल लागि मात्र हो कि सधैँका लागि भन्ने विषयले क्रिकेटमा चासो राख्नेहरूलाई कौतुहलताको विषय बनेको छ। 

‘मलाई लाग्छ यो बोर्डले गरेको स्थायी निर्णय होला। युवा खेलाडीलाई अघि ल्याउनका लागि क्यानले यो गरेको होला भन्ने लाग्छ,’ युगान्डाविरुद्धको पहिलो खेलमा हार व्यहोरेपछि कप्तान रुविना क्षेत्रीले भनेकी छन्। रुविनाले सोमबार सीतालाई हटाएर बोर्डले इन्दूलाई युवा खेलाडीको रुपमा ल्याएको बताएकी थिइन्।

corrent noodles
Metro Mart
सीताको चर्चा विश्वका क्रिकेट समर्थकमाझ पुगिरहँदा नेपाल क्रिकेट संघ (क्यान)ले भने उनको उपकप्तान पद नै खोसिदिएको छ। क्यानले आइतबार सूचना सार्वजनिक गर्दै इन्दु बर्मालाई उपकप्तानको जिम्मेवारी दिइएको जानकारी गराएको छ। 

सोमबारको खेलमा नेपालले हार व्यहोर्दा पनि रुविनाले सीतालाई मिस गरेकी थिइन्। किनभने सीता त नेपाली टिमको सबैभन्दा भरपर्दो खेलाडी हुन्।

त्यसमाथि दुबईमा राम्रो प्रदर्शन गरेर आएपछि त उनलाई रिवार्ड दिनुपर्ने हो। यो त सजाय दिएजस्तो भयो नि? यो प्रश्न सोमबार मुख्य प्रशिक्षक जगत टमाटालाई पनि सोधियो। जवाफमा प्रशिक्षक टमाटाले सीता राम्रो खेलाडी भए पनि बोर्डल नै निर्णय गरेको बताउँछन्।

‘होइन नि बोर्डको प्रक्रिया हो यो। मलाई सबै खेलाडि एकै लाग्छ। उसलाई फेर्ने विषयमा मलाई सोधेको हो नि। त्यस्तो समस्या हो जस्तो लागेको छैन। सबैलाई अघि बढाउनका लागि हामीले त्यसो गरेको हो,’ प्रशिक्षक टमाटाले भने।

यता कप्तान रुविनाले चाहिँ आफू दुबईबाट ढिलो आइपुगेको र, त्यसको केही समयमै उपकप्तान परिवर्तन भएको बताइन्। त्यस्तै, इन्दु उपकप्तान हुँदा टिमका खेलाडी दु:खी नरहेको रुविनाको दाबी छ।

प्रशिक्षक टामाटा यो परिवर्तनलाई नियमित प्रक्रियाको रूपमा लिन्छन्। ‘रुविनाको पनि कुरा छ। रुविनाले कति खेल्छ, दुई/तीन वर्ष होला,’ उनले भने, ‘उनलाई टेस्ट गर्न पनि सकिन्छ नि। अझै विश्वकप साइकल पूरा हुनका लागि हामीसँग दुई वर्ष छ। त्यसबीचमा जे पनि हुनसक्छ नि। यहाँनेर यो नै हुन्छ भन्ने त हुँदैन नि। यो नै हुन्छ भन्ने चाहिँ छैन। फेयर नै छ भन्ने लागेको छ।’

प्रकाशित: May 18, 2022| 16:47 बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।