शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नयाँ कीर्तिमानका लागि मकालु आरोहणको तयारीमा पूर्णिमा

नयाँ कीर्तिमानका लागि मकालु आरोहणको तयारीमा पूर्णिमा

हिमाल आरोही पूर्णिमा श्रेष्ठ नयाँ कीर्तिमानकाे तयारीमा जुटेकी छन्। नेपालका आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गरेर उनले कीर्तिमान कायम गर्न लागेकी हुन्।
 |  बुधबार, जेठ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ४, २०७९
National life
Shivam cement

काठमाडौं– हिमाल आरोही पूर्णिमा श्रेष्ठ नयाँ कीर्तिमानकाे तयारीमा जुटेकी छन्। नेपालका आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गरेर उनले कीर्तिमान कायम गर्न लागेकी हुन्। 

अहिलेसम्म ६ वटा हिमाल आरोहण गरिसकेकी पूर्णिमा सातौं हिमाल मकालु आरोहणको तयारीमा छिन्। मकालु आरोहणसँगै उनी आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढ्ने पहिलो नेपाली महिला हुनेछिन्। 

त्यसो त नेपालमा आठ हजारभन्दा अग्ला आठ वटा हिमाल छन् सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, मनास्लु, अन्नपूर्ण, धवलागिरी र चोयु। चोयु भने तिब्बततिरबाट चढिन्छ। त्यसकारण नेपालतर्फबाट चढिने सबै हिमाल आरोहणको रेकर्ड पूर्णिमाले राख्न लागेकी हुन्। 

यसअघि उनले सगरमाथा (८,८४८.८६ मिटर), धवलागिरी (८,१६७ मिटर), ल्होत्से (८,५१६ मिटर), कञ्चनजंघा (८,५८६ मिटर), मनास्लु (८,०१६ मिटर), अन्नपूर्ण (८,०९१ मिटर) आरोहण गरिसकेकी छन्। अब उनले चढ्न लागेको मकालु ८,४६२ मिटर अग्लो हो।

श्रेष्ठले यसै सिजनको दुई हप्तामै आठ हजार मिटरभन्दा अग्ला दुई हिमाल (कञ्चनजंघा र ल्होत्से) आरोहण गरेकी छिन्। मकालु आरोहणसँगै उनले एकै सिजनमा तीनवटा हिमाल आरोहण गर्नेछिन्। 

कञ्चनजंघा आरोहण गरेर काठमाडौं फर्केलगत्तै उनी ल्होत्सेका लागि प्रस्थान गरेकी थिइन्। ल्होत्से आरोहण गरेर अहिले सगरमाथा आधार शिविर आइपुगेकी श्रेष्ठले त्यहीँबाट मकालु आरोहणका लागि प्रस्थान गर्ने जानकारी दिइन्। 'गाह्रो त हुन्छ नै तर पनि यही सिजनमा आरोहण गर्ने अठोट गरेकी छु। मकालु आरोहण गरेपछि नेपालतर्फबाट आरोहण गर्ने आठ हजारभन्दा अग्ला सबै हिमाल आरोहण गरिसक्छु,’ आधार शिविरबाटै उनले भनिन्, ‘शारीरिक र मानसिक रुपमा त तयार छु तर आर्थिक स्रोतको अभाव छ। जसोतसो म्यानेज गरेर आरोहण सफल पार्छु।’

ल्होत्से उनले एटके एक्सपिडिसनबाट आरोहण गरेकी हुन्। कम्पनीका प्रतिनिधि लाक्पा शेर्पाका अनुसार हिमाल आरोहणका लागि अझै एक–दुई साता समय रहेकाले यही सिजनमा आरोहण सम्भव छ। मकालु आरोहणका लागि धेरै टोली प्रतीक्षारत रहेको उनले बताए।  

यसैबीच, आरोही श्रेष्ठले मकालु आरोहणका लागि आर्थिक सहयोग गर्न अपिल गरेकी छन्। सगरमाथा आधार शिविरबाटै उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘दुइटा ठूला हिमालको सफलतापछि यही सिजनमा अर्को ८ हजार माथिको हिमालको सपना बुन्दैछु। यस पछि नेपाल तर्फबाट चढ्ने सबै उच्च हिमाल सकिनेछन्। तर चढ्न हिम्मत र आँट मात्र भएर पनि नपुग्दो रहेछ । यसका पछाडि ठ्रूलो आर्थिक भार छ। एक सामान्य र शेर्पा समुदायबाट नभएको व्यक्तिलाई यो ठूलो चुनौती हो। कसैलाई करकाप छैन, तर कोही साँच्चिकै मेरो यो यात्रामा सहयोग गर्न चाहनुहुन्छ भने सहयोग गर्न सक्नुहुन्छ।’ 

पूर्णिमालाई गोफन्डमीबाट सहयोग गर्न सकिनेछ। 
प्रकाशित: May 18, 2022| 15:55 बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।