रुपन्देही- वडाध्यक्ष निर्वाचित भएको विजय जुलुसमा सहभागी चढेको बस दुर्घटना हुँदा सिद्धार्थनगर-१० शंकरापुरमा २४ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
एमालेबाट वडा अध्यक्ष निर्वाचित भएको सुखीयालीमा निकालीएको विजय जुलुसमा सहभागी भएका व्यक्ति चढेको सवारी बस दुर्घटनामा परेको हो।
बुधबार दिउँसो २५ जना यात्रु बोकेको लु१ख ८०७८ नम्बरको बस पल्टिदा २४ जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेहरूको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।