बुधबार, असार ३१, २०८३

होटल शिक्षा सम्मेलन काठमाडाैंमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-नेपालले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहँदा विश्वभरिका २०० होटल शिक्षा प्रदायक कलेज तथा शैक्षिक प्रतिष्ठानका सञ्चालक एवं प्राचार्यहरू नेपालमा भेला हुने भएका छन् ।

विश्वभरिका होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएका होटल म्यानेजमेन्टसम्बन्धी शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय संगठन इन्टरनेशनल एशोसियसन अफ होटल म्यानेजमेन्ट स्कुल्सको ५९ औ अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा ती होटल शिक्षा प्रदायक नेपालमा भेला हुन लागेका हुन् ।

होटल व्यवस्थापन एवं पर्यटनसँग सम्बन्धित शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक एसियामा हुन लागेको हो भने यसको आतिथ्यको अवसर नेपालले पाएसँगै सन् २०१९ को २६ देखि ३० नोभेम्बरमा इयूहोफाको ५९ औं कंग्रेस यहाँ आयोजना हुने लागेको हो ।

सन् २०१८ को ५८ औं कंग्रेस विश्वकै पहिलो होटल स्कूल स्विजरल्यान्डको लुजानस्ति इएचएल स्थापनाको १२५ औं वर्ष पूरा भएको अवसरमा स्विजरल्यान्डमा आयोजना गर्ने र सन् २०१९को कंग्रेस नेपालमा आयोजना गर्ने निर्णय अनुसार यहाँ आयोजना हुने निर्णय भइसकेको छ ।

यो सम्मेलनमा विश्वभरिका होटल व्यवस्थापन एवं पर्यटनसम्बन्धी शैक्षिक प्रतिष्ठानका २०० भन्दा बढी डिन तथा उच्च तहका सञ्चालक तथा प्राचार्यहरू सहभागी हुने इयूहोफाका बोर्ड सदस्य खेम लकाईंले जानकारी दिए ।

सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउन लागेको सन्दर्भमा नेपालमा विश्वभरिकै अग्रणी होटल व्यवस्थापन शिक्षा प्रदायकहरू जम्मा हुनु अभूतपूर्व अवसर भएको पर्यटन शिक्षाविद् उज्जवल सत्यालले बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्