उदयपुर- उदयपुरमा कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मंगलबार राति भएको कार दुर्घटनामा परी घाइते भएका देवेन्द्र चापागाईंको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो।
मदन भण्डारी स्मृति लोकमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका-६ दनुवारबेसीमा कार अनियन्त्रित भइ दुर्घटना हुँदा मोरङको विराटनगर महानगरपालिका-५ चाँदनीचोकका ३४ वर्षीय चापागाईंको ज्यान गएको हो।
विरगन्जबाट विराटनगरतर्फ गएको बा२५च ७८१९ नम्बरको कार बैजनाथ खोलाको पक्कीपुलमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा चार जना घाइते भएकोमा उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ।