बुधबार, वैशाख १२, २०८१

भोजपुर मेयर : 'सेकेन्ड इनिङ'मा आलेले फेरे ३६ को आँकडा

आलेको राजनीतिक यात्रामा ३६ मतको आँकडा मेयरको दोस्रो इनिङ्समा तोडिएको छ। उनी २०५७ सालमा भोजपुर बहुमुखी क्याम्पसको स्ववीयू सभापतिमा पनि ३६ मतले निर्वाचित भएका थिए।
 |  मंगलबार, जेठ ३, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

मंगलबार, जेठ ३, २०७९

काठमाडौं- २०७४ को असारमा भोजपुरलगायतका जिल्लामा स्थानीय तहको निर्वाचन हुँदै थियो। निर्वाचनको मनोनयन दर्ता गराउने समय नजिकिँदै जाँदा भोजपुर नगरपालिकाको मेयरमा कांग्रेसले उम्मेदवार चयन गर्न सकिरहेको थिएन। एक त भोजपुर कम्युनिस्ट गढकोरुपमा परिचित थियो। २०१५ सालपछि कुनै पनि संसदीय चुनावमा कांग्रेसले खाता खोल्न सकेको थिएन। र, संविधान जारी भएपछि भोजपुर नगरपालिकाको 'टेरिटोरी' समेत फराकिलो बनेको थियो। 

triton college

यस्तो अवस्थामा कांग्रेसका लागि निर्वाचन जित्‍नु आफैंमा चुनौतिपूर्ण थियो। सँगै कांग्रेसका लागि अर्को ठूलो चुनौति पनि थियो। त्यो हो–उम्मेदवार चयनको विवाद। भोजपुर नगरपालिकाको मेयरमा धेरै नेताहरुले इच्छा व्यक्त गरेका थिए। तीमध्ये पनि प्रमुख दाबेदार थिए- कांग्रेस भोजपुरका पूर्वसभापति बालकृष्ण थापा र त्यो बेला सचिवको जिम्मेवारीमा रहेका कैलाशकुमार आले। यी दुईबीच मेयरको टिकट लिन ठूलै रस्साकस्सी चल्यो। विवाद चर्किँदै गयो। जिल्लामा सहमति हुन सकेन र विवाद केन्द्रसम्म आइपुग्यो। 

दुवै नेताले टिकट हत्याउन लबिइङ जारी राखे। मनोनयनको पूर्वसन्ध्याको एक दिन भोजपुर नगरपालिकाको मेयरको टिकट विवादले सानेपा गर्माएको थियो। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल नै विवाद मिलाउन सक्रिय हुनुपरेको थियो। तर, दुवै नेताले आफ्नो अडानबाट पछि हट्न चाहाँदैनथे। त्यसैले त सानेपाको एक कोठामा दुई नेताबीच 'नोकझोक' नै भयो। एकअर्काप्रति आक्रमक बनेका उनीहरुले एकअर्का विरुद्ध आक्रोशित हुँदै भनेका थिए, ‘तलाईँ राइफल पड्काइदिन्छु, थ्रिनट थ्रि नै पड्काइदिन्छु।’ 

विवादले उग्ररुप लिन थालेपछि कांग्रेसका शीर्ष नेताहरुकै सक्रियतामा टिकट विवाद समधान भयो। पूर्वसभापति थापालाई पछि पारेर आलेले टिकट प्राप्त गरे। आलेले टिकट त पाए तर सँगै अर्को प्रश्न उठ्यो। सँधै अन्तरघातको पीडाबाट माथि उठ्न नसकेको कांग्रेसमा फेरि त्यही घाउ बल्झिने त होइन? थापाले आलेलाई सहयोग गर्लान त? तर, थापाले आलेलाई असहयोग गरेनन्। बरुसँगै चुनाव प्रचारमा हिँडे। र, कांग्रेसभित्रको त्यही एकताको प्रतिफलस्वरुप आले भोजपुर नगरपालिकाको मेयरमा निर्वाचित भए।  

आलेको राजनीतिक यात्रामा ३६ मतको आँकडा मेयरको दोस्रो इनिङ्समा तोडिएको छ। उनी २०५७ सालमा भोजपुर बहुमुखी क्याम्पसको स्ववीयू सभापतिमा पनि ३६ मतले निर्वाचित भएका थिए। 

त्यो बेला आलेले ल्याएको मत थियो- ४ हजार ७०। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गणेश श्रेष्ठले ल्याएको मत संख्या थियो-४ हजार ३४ थियो। उनीहरुबीचको मतान्तर थियो-३६ मत। तर त्यो बेला आलेले मेयर जित्‍न व्यक्तिगतरुपमा उनको सफलता त छँदै थियो, सँगै भोजपुर कांग्रेसको दिग्विजय पनि। दिग्विजय यसअर्थमा कि कांग्रेसले कम्युनिस्ट गढमा भोजपुर नगरपालिकासँगै ९ मध्ये चार स्थानीय तहमा जित हाँसिल गरेको थियो।   

corrent noodles
Metro Mart

पाँच वर्ष अघि निकालेको सफलताको कथालाई आलेले ब्रेक लगाएनन्, निरन्तरता दिए। त्यो पनि अघिल्लो निर्वाचनभन्दा ठूलो मतान्तरसहित। अघिल्लो निर्वाचनपछि एमाले कार्यकर्ताले चुनावी समीक्षा गर्दा यदाकदा भन्ने गर्थे- भरत तामाङलाई टिकट नदिँदा पराजय भोग्नु पर्‍यो। पहिलै भोजपुर गाविसको अध्यक्ष चलाइसकेको अनुभव र लोकप्रियलाई देखाएर तामाङ बलियो भएको तर्क एमालेजनले गर्ने गरेका थिए।

पाँच वर्षपछि आलेविरुद्ध एमालेले तामाङलाई चुनावी मैदानमा उतार्‍यो पनि। तर, अघिल्लो निर्वाचनमा ३६ मतले श्रेष्ठलाई पराजित गरेका आलेले तामाङलाई ५१२ मतले पराजित गरेका छन्। रोचक त यो छ कि आलेको राजनीतिक यात्रामा ३६ मतको आँकडा मेयरको दोस्रो इनिङ्समा तोडिएको छ। उनी २०५७ सालमा भोजपुर बहुमुखी क्याम्पसको स्ववीयू सभापतिमा पनि ३६ मतले निर्वाचित भएका थिए। 

आले दोस्रो कार्यकाल मेयरमा निर्वाचित हुनका पछाडीका केही खास कारण छन्। पहिलो त अघिल्लो पटक जस्तो टिकट पाउन उनले संघर्ष गर्न परेन। टिकट वितरणमा विवाद नहुँदाको  प्रभाव मतपरिणामा देखिएको छ। दोस्रो, पाँच वर्ष उनले नगरपालिकामा गरेको कर्म। उनी पाँच बर्षको अवधिमा विवादमा आएनन्। अपवादबाहेक उनले आलोचना सहन परेन। र जनताको घरदैलोमा निरन्तर पुगिरहे। शोक होस् वा उत्सव आले नगरवासीको घरदैलोमा पुगिरहन्थे। जसको फाइदा चुनावी परिणाममा देखिएको छ। तेस्रो, चुनावी तालमेल। यसपटक भोजपुर नगरपालिकामा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपाबीच चुनावी तालमेल भएको थियो। हुन त भोजपुर नगरपालिकाका बलिया शक्ति कांग्रेस र एमाले नै हुन्। अन्य दलको प्रभाव नगरपालिका क्षेत्रमा कमजोर नै छ। 

०७४ सालको स्थानीय निर्वाचनमा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रले जम्मा ९०६ मत प्राप्त गरेको थियो र वडा नम्बर १ को वडाध्यक्ष जितेको थियो। यसपटक पनि माओवादीले सोही वडामा एक्लै लडेर जित निकालेको छ। अन्य वडामा माओवादी कमजोर नै मानिन्छ। पहिलो पटक जनतामा परीक्षणका लागि चुनावी मैदानमा उत्रिएको नेकपा एसको शक्ति पनि खास छैन।

अहिले नेकपा एसबाट उपमेयर उठेकी ममिता राईले रुख चिन्हबाटै प्रतिस्पर्धा गरेकी थिइन्। भलै उनी पराजित भइन्। जसपाको शक्ति पनि नगरपालिका क्षेत्रमा छैन। यद्यपि नगरक्षेत्रमा रहेको अन्य दलको मत थोरै सही तर आलेले प्राप्त गरे। जसले आलेलाई दोस्रो पटक मेयरको कुर्सीमा बस्‍ने बाटो खोलिदियो। 'मैले पाँच वर्ष मेयर बनेर गरेको कर्म, गठबन्धन दलको सहयोग र मतदाताले गरेको विश्वासका कारण दोस्रो पटक निर्वाचित हुन सफल भएको छु,' आलेले भने।

दोस्रो कार्यकालमा आलेका महत्वकांक्षी र ठूला सपना छैनन्। अघिल्लो कार्यकालमा अधुरा रहेका काम पूरा गर्ने र विकसित र समुन्नत नगर बनाउने उनको योजना छ। 'अघिल्लो कार्यकालका अधुरा काम पूरा गर्नुछ। विकसित र समुन्नत नगर बनाउने प्रयास गर्नेछु,' आलेले सुनाए, 'जनतासँग गरेका प्रतिबद्धता पूरा गर्नेछु। जनताको विश्वास र भरोसा टुट्न दिन्‍नँ।'


प्रकाशित: May 17, 2022| 20:22 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...