काठमाडौं- सरकारले एक सय ९१ प्रहरी सहायक निरीक्षकहरुको सरुवा गरेको छ । मंगलबार प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागको कर्मचारी प्रशासन शाखाले गृहमन्त्रालय अन्तर्गतको प्रहरी किताबखाना लैनचौरलाई लेखेको पत्रमा एक सय ९१ सहायक निरीक्षकको सरुवा गरेको जानकारी गराइएको छ ।
सरुवामा रहेका सहायक निरीक्षकहरुले साउन महिनादेखिकै तलब र भत्ता समेत नयाँ पोस्टिङ भएको ठाउँबाट बुझ्ने गरी व्यवस्था मिलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कसकसको पोस्टिङ कहाँ कहाँ सूची हेर्नुहोस्
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४